काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नागपोखरीस्थित ई-स्पोट नेपालबीच डिजिटल कारोबार प्रवद्र्धन र ग्राहक सेवा सुदृढीकरणका लागि सम्झौता भएको छ ।
Advertisement
सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट र क्रेडिट कार्डधारक, प्रिभिलेज कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ ग्राहकले ई-स्पोट नेपालका सम्पूर्ण आउटलेटमा पाँच प्रतिशत इभी चार्जिङमा र पाँच प्रतिशत फुडमा गरी कुल १० प्रतिशतसम्मको छुट पाउनेछन् ।
बैंकले उक्त सहकार्यलाई ग्राहकलाई नगद कारोबारबाट डिजिटल माध्यमतर्फ प्रोत्साहित गर्ने रणनीतिक कदमका रूपमा लिएको छ । (हिमालय टाईम्स)




