काठमाडौं । डेनमार्कको हिट्र्सहोल्समा सम्पन्न डाना कप २०२४ मा नेपाली टोलीले ऐतिहासिक सफलता हात पारेको छ । एजी टेन फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त अण्डर-१४ टिमले यो प्रतियोगितामा उपाधि जित्दै नेपाली फुटबलको इतिहासमा पहिलोपटक डाना कप जित्ने सफलता हात पारेको हो ।
Advertisement
फाइनल खेलमा नेपाली टिमले केन्याको इलाइट सकर एकेडेमीलाई तीन-शून्यले पराजित गर्दै उपाधि चुमेको हो । निर्णायक खेलमा रिहान बुढामगर, नोआ राई र अरणिस गुप्ताले गोल गर्दै जित सुनिश्चित गर्नुभएको थियो ।




