• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

पलेशा र विजय, हाम्रो खेलकुद वर्ष खेलाडी


  •   बुधबार, साउन २१, २०८२ मा प्रकाशित
  • काठमाडौं । पलेशा गोवर्धन श्रेष्ठ र विजय सिञ्जालीले ‘हाम्रो खेलकुद’को वर्षको उत्कृष्ट खेलाडी अवार्ड जित्नुभएको छ । हाम्रो खेलकुद अनलाइनको दशौं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा पलेशा र विजय उत्कृष्ट खेलाडी घोषित हुनुभएको हो । पलेशा पारा तेक्वान्दोकी खेलाडी हुनुहुन्छ भने विजय डोरी तानको खेलाडी हुनुहुन्छ ।

    Advertisement

    महिलातर्फ पलेशालाई कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले अवार्ड प्रदान गर्नुभयो । पलेशाले पुरस्कार स्वरूप नगद २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । त्यसैगरी, पुरुषतर्फ विजयलाई पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अवार्ड प्रदान गर्नुभयो । उहाँले पनि नगद २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

    पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो । उहाँले पलेशालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने प्रशिक्षणमार्फत् नेपाली खेलकुदको छवि उज्यालो बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

    ‘हाम्रो खेलकुद’ को दशौं वार्षिकोत्सवसँगै आयोजित खेलकुद कन्क्लेभमा खेल क्षेत्रमा विद्यमान समसामयिक विषयहरूमा दुई सेसनमा बहस गरिएको थियो । पहिलो सेसनमा महिला सहभागिता र अवसर रहेको थियो । जसमा आयशा शाक्य (तेक्वान्दो), सावित्रा भण्डारी ‘साम्बा’ (राष्ट्रिय फुटबल टोलीकी कप्तान), सलिना श्रेष्ठ (राष्ट्रिय भलिबल टोलीकी लिबेरो) र एरिका गुरुङ (कराँतेकी पदक विजेता) ले सहभागिता जनाउनुभएको थियो ।

    दोस्रो सेसनमा युवा नेतृत्वको आवश्यकतामा बहस भएको थियो । जसमा विराजभक्त श्रेष्ठ (पूर्व युवा तथा खेलकुदमन्त्री), पारस खड्का (नेपाल क्रिकेट संघ, क्यानका सचिव), विक्रम लामा (नेपाल फुटबल खेलाडी संघका अध्यक्ष) र सचिन ढकाल (एफसी चितवनका अध्यक्ष) ले सहभागिता जनाउनुभएको थियो ।

    नेपाल पर्यटन बोर्डका प्रतिनिधि सूर्य थपलियाले ‘नेपालमा खेलकुद पर्यटन : सम्भावना र आगामी बाटो’ शीर्षकमा प्रस्तुति दिनुभएको थियो । उहाँले नेपालमा ट्रेकिङ, पर्वतारोहण, साहसिक खेलकुद, दौड प्रतियोगितालगायतका माध्यमबाट खेलकुद पर्यटनलाई प्रवद्र्धन गर्न सकिने सम्भावनाबारे चर्चा गर्नुभएको थियो ।

    प्रमुख अतिथि टंकलाल घिसिङले ‘हाम्रो खेलकुद’ले नेपाली खेलकुद पत्रकारिता र प्रचार-प्रसारमा खेलेको भूमिकाको सराहना गर्दै आगामी दिनमा अझ उत्कृष्ट योगदानको शुभकामना दिनुभएको थियो ।(हिमालय टाईम्स)

    बुधबार, साउन २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer