☰
शनिबार, कार्तिक ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पलेशा र विजय, हाम्रो खेलकुद वर्ष खेलाडी


  •   बुधबार, साउन २१, २०८२ मा प्रकाशित
  • काठमाडौं । पलेशा गोवर्धन श्रेष्ठ र विजय सिञ्जालीले ‘हाम्रो खेलकुद’को वर्षको उत्कृष्ट खेलाडी अवार्ड जित्नुभएको छ । हाम्रो खेलकुद अनलाइनको दशौं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा पलेशा र विजय उत्कृष्ट खेलाडी घोषित हुनुभएको हो । पलेशा पारा तेक्वान्दोकी खेलाडी हुनुहुन्छ भने विजय डोरी तानको खेलाडी हुनुहुन्छ ।

    Advertisement

    महिलातर्फ पलेशालाई कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले अवार्ड प्रदान गर्नुभयो । पलेशाले पुरस्कार स्वरूप नगद २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । त्यसैगरी, पुरुषतर्फ विजयलाई पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अवार्ड प्रदान गर्नुभयो । उहाँले पनि नगद २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

    पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो । उहाँले पलेशालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने प्रशिक्षणमार्फत् नेपाली खेलकुदको छवि उज्यालो बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

    ‘हाम्रो खेलकुद’ को दशौं वार्षिकोत्सवसँगै आयोजित खेलकुद कन्क्लेभमा खेल क्षेत्रमा विद्यमान समसामयिक विषयहरूमा दुई सेसनमा बहस गरिएको थियो । पहिलो सेसनमा महिला सहभागिता र अवसर रहेको थियो । जसमा आयशा शाक्य (तेक्वान्दो), सावित्रा भण्डारी ‘साम्बा’ (राष्ट्रिय फुटबल टोलीकी कप्तान), सलिना श्रेष्ठ (राष्ट्रिय भलिबल टोलीकी लिबेरो) र एरिका गुरुङ (कराँतेकी पदक विजेता) ले सहभागिता जनाउनुभएको थियो ।

    दोस्रो सेसनमा युवा नेतृत्वको आवश्यकतामा बहस भएको थियो । जसमा विराजभक्त श्रेष्ठ (पूर्व युवा तथा खेलकुदमन्त्री), पारस खड्का (नेपाल क्रिकेट संघ, क्यानका सचिव), विक्रम लामा (नेपाल फुटबल खेलाडी संघका अध्यक्ष) र सचिन ढकाल (एफसी चितवनका अध्यक्ष) ले सहभागिता जनाउनुभएको थियो ।

    नेपाल पर्यटन बोर्डका प्रतिनिधि सूर्य थपलियाले ‘नेपालमा खेलकुद पर्यटन : सम्भावना र आगामी बाटो’ शीर्षकमा प्रस्तुति दिनुभएको थियो । उहाँले नेपालमा ट्रेकिङ, पर्वतारोहण, साहसिक खेलकुद, दौड प्रतियोगितालगायतका माध्यमबाट खेलकुद पर्यटनलाई प्रवद्र्धन गर्न सकिने सम्भावनाबारे चर्चा गर्नुभएको थियो ।

    प्रमुख अतिथि टंकलाल घिसिङले ‘हाम्रो खेलकुद’ले नेपाली खेलकुद पत्रकारिता र प्रचार-प्रसारमा खेलेको भूमिकाको सराहना गर्दै आगामी दिनमा अझ उत्कृष्ट योगदानको शुभकामना दिनुभएको थियो ।(हिमालय टाईम्स)

    बुधबार, साउन २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer