☰
शनिबार, कार्तिक ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

महिला फिफा वरीयतामा सुधारियो नेपालको स्थान


  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा हालसम्मकै उच्च स्थान हासिल गर्दै ऐतिहासिक सफलता रचेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान उक्लँदै ८७औँ स्थानमा पुगेको हो ।

    Advertisement

    यसअघि नेपाल १००औँ स्थानमा रहेको थियो । महिला एसियन कप छनोटअन्तर्गत श्रीलंका र लाओसलाई पराजित गर्दै उज्वेकिस्तानसँग बराबरी खेलेपछि नेपालको प्रदर्शनमा ठूलो सुधार आएको हो । सोही प्रदर्शनका आधारमा नेपालले ४६.४९ अंक बटुल्दै ८७औँ स्थानमा स्थान बनाएको हो ।

    यो नेपाली महिला टोलीको हालसम्मकै उच्चतम वरीयता हो । यसअघि सन् २०१७ मा प्राप्त ९१औँ स्थान नै नेपालको सबैभन्दा राम्रो वरीयताको रेकर्ड थियो ।

    एसियाली देशहरूमध्ये नेपाल अहिले १६औँ स्थानमा उक्लिएको छ । महिलातर्फको वरीयताको शीर्ष स्थानमा स्पेन पुगेको छ भने अमेरिका दोस्रो स्थानमा झरेको छ । तीन स्थान सुधार गरेको स्वीडेन तेस्रो स्थानमा उक्लेको छ । एक स्थान सुधार गरेको इंग्ल्याण्ड चौथो स्थानमा छ ।

    दुई स्थान तल झर्दै जर्मनी पाचौँ स्थानमा झरेको छ । चार स्थान सुधार गरेको फ्रान्स छैटौँ र तीन स्थान झरेको ब्राजिल सातौँ स्थानमा छ ।

    दक्षिण एसियाको भारत सात स्थान सुधार गर्दै ६३ स्थानमा उक्लेको छ । बंगलादेशले २४ स्थान सुधार गर्दै १०४ स्थानमा उक्लेको छ । पाकिस्तान तीन स्थान सुधार गर्दै १५४ र श्रीलंका दुई स्थान तल झर्दै १६१औँ स्थानमा पुगेको छ । भुटान आठ स्थान सुधार गर्दै १६३ स्थानमा उक्लेको छ । यता, पुरुषतर्फ भने नेपाल १७५औँ स्थानमा यथावत् छ ।

    शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer