• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

टप टी-२० शृंखला, नेपालको लगातार दोस्रो जित


  •   बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । सोमपाल कामीको घातक बलिङमा मेलबर्न रेनेगेड्सलाई हराउँदै नेपालले अस्ट्रेलियामा जारी टप इण्ड टी-ट्वान्टी सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा नेपालले मेलबर्नलाई ३३ रनले पराजित गर्दै सिरिजमा दोस्रो जित आफ्नो पोल्टामा पारेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा १०६ रनमात्र बनाउन सक्यो ।

    Advertisement

    मेलबर्नका लागि अर्जुन नैर २६ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट हुनुभयो । जय लेमिरे १८ रनमा रन आउट हुनुभयो । ह्यारी डेक्सनले १६ रन थप्नुभयो । ओलिभर पिक १४ रनमा रन आउट हुनुभयो । नेपालका लागि सोमपाल कामीले पाँच विकेट झार्नुभयो ।

    कुशल भुर्तेलले दुई विकेट लिनुभयो भने साहब आलम र रूपेश सिंहले समान एक विकेट लिनुभयो । त्यसअघि डार्बिनस्थित काजालिस एरिना पामस्र्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रनको योगफल तयार पारेको थियो ।

    नेपालका लागि कुशल मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले २७ रन जोड्नुभयो भने लोकेश बमले २४ रन थप्नुभयो । यस्तै, रूपेश सिंह १६ रनमा नटआउट रहनुभयो । भीम सार्की १७ र आरिफ शेख १२ रन बनाउँदै पेभेलियन फर्किनुभएको थियो भने गुल्सन झा दुई र कुशल भुर्तेल एक रनमा आउट हुनुभएको थियो । रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले दुई-दुई विकेट लिनुभयो ।

    नेपालले हालसम्म खेलेका पाँच खेलमध्ये सुरुवाती तीन खेलमा लगातार पराजित हुँदा त्यसपछि लगातार दुई जित निकालेको हो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

    मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो । नेपाल हाल पाँच खेलमा चार अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने प्रावधान छ । सिरिजको अन्तिम खेलमा नेपालले शुक्रबार पाकिस्तानको साहिन्सविरुद्व खेल्नेछ ।(हिमालय टाईम्स)

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer