☰
शनिबार, कार्तिक ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

टप टी-२० शृंखला, नेपालको लगातार दोस्रो जित


  •   बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । सोमपाल कामीको घातक बलिङमा मेलबर्न रेनेगेड्सलाई हराउँदै नेपालले अस्ट्रेलियामा जारी टप इण्ड टी-ट्वान्टी सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा नेपालले मेलबर्नलाई ३३ रनले पराजित गर्दै सिरिजमा दोस्रो जित आफ्नो पोल्टामा पारेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा १०६ रनमात्र बनाउन सक्यो ।

    Advertisement

    मेलबर्नका लागि अर्जुन नैर २६ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट हुनुभयो । जय लेमिरे १८ रनमा रन आउट हुनुभयो । ह्यारी डेक्सनले १६ रन थप्नुभयो । ओलिभर पिक १४ रनमा रन आउट हुनुभयो । नेपालका लागि सोमपाल कामीले पाँच विकेट झार्नुभयो ।

    कुशल भुर्तेलले दुई विकेट लिनुभयो भने साहब आलम र रूपेश सिंहले समान एक विकेट लिनुभयो । त्यसअघि डार्बिनस्थित काजालिस एरिना पामस्र्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रनको योगफल तयार पारेको थियो ।

    नेपालका लागि कुशल मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले २७ रन जोड्नुभयो भने लोकेश बमले २४ रन थप्नुभयो । यस्तै, रूपेश सिंह १६ रनमा नटआउट रहनुभयो । भीम सार्की १७ र आरिफ शेख १२ रन बनाउँदै पेभेलियन फर्किनुभएको थियो भने गुल्सन झा दुई र कुशल भुर्तेल एक रनमा आउट हुनुभएको थियो । रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले दुई-दुई विकेट लिनुभयो ।

    नेपालले हालसम्म खेलेका पाँच खेलमध्ये सुरुवाती तीन खेलमा लगातार पराजित हुँदा त्यसपछि लगातार दुई जित निकालेको हो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

    मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो । नेपाल हाल पाँच खेलमा चार अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने प्रावधान छ । सिरिजको अन्तिम खेलमा नेपालले शुक्रबार पाकिस्तानको साहिन्सविरुद्व खेल्नेछ ।(हिमालय टाईम्स)

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer