• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

करियरमा सफल कीर्तिमानी कप्तान रोहित


  •   शनिबार, असोज २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय लेखिँदै छ । जसका लागी बारबार नाम आउछ, रोहित पौडेल, हो यो नाम लगातार चर्चामा छ । युवा उमेरमै कप्तान बन्नुभएका उहाँले न केवल नेतृत्वमा परिपक्वता देखाउनुभएको छ, बरू नेपाली क्रिकेटलाई विश्वमञ्चमा पुनः स्थापित गर्न मुख्य भूमिका पनि खेल्नुभएको छ । हाल नेपाल आगामी विश्वकप खेल्ने यात्रामा छ । त्यसको पहिलो खुट्किलो पार गरिसकेको छ, सुपर सिक्समा पुगेर । विश्वकप छनोटअन्तर्गत बुधबार नेपालले कुवेतलाई पराजित गरेसँगै रोहितले आफ्नो कप्तानी करियरमा एउटा अनुपम कीर्तिमान पनि बनाउनुभएको छ, त्यो उहाँको कप्तानको रूपमा ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल थियो । २३ वर्षीय रोहित यससँगै नेपालका सबैभन्दा बढी टी-२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्ने र सबैभन्दा सफल कप्तान बबन्नुभएको छ ।

    Advertisement

    नेपालबाट यसअघि पारस खड्काले २७, सन्दीप लामिछानेले १८ र ज्ञानेन्द्र मल्लले १२ टी-२० अन्तर्राष्ट्रियमा कप्तानी गर्नुभएको थियो । तर, रोहितको कप्तानीमा नेपालले ५० खेल खेलेर २७ जित हात पारेको छ, जसले उहाँको जित दर ५४ प्रतिशत पुर्‍याएको छ । तुलनात्मक रूपमा सन्दीपको कप्तानीमा जित प्रतिशत ७२.२२, ज्ञानेन्द्रको ७५ र पारसको ४०.७४ रहेको छ । रोहितको नेतृत्वमा नेपालले १८ खेल हारेको छ भने तीन खेल बराबरीमा टुंगिएका छन् । तर, यथार्थ के हो भने, रोहित नेपाललाई ग्लोबल स्टेजमा पुनः फर्काउने कप्तान बन्नुभएको छ ।

    रोहितले पहिलोपटक नेपाललाई सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङचाउमा भएको १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध नेतृत्व गर्नुभएको थियो । पहिलो कप्तानीमै उहाँले २७ बलमा ६१ रन बनाउनुभयो । तर, त्यो खेल उहाँको व्यक्तिगत प्रदर्शनका कारणभन्दा पनि नेपालको विश्व कीर्तिमानहरूले भरिएको खेलका रूपमा इतिहासमा रह्यो ।

    नेपालले त्यही खेलमा तीन विकेट गुमाएर ३१४ रन बनायो, जुन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलोपटक तीन सय रनको पार गरेको थियो । त्यो खेलमा कुशल मल्लले ३४ बलमा शतक बनाएर सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान राख्नुभयो (यो कीर्तिमान पछि भंग भयो), भने दीपेन्द्रसिंह ऐरीले नौ बलमा अर्धशतक बनाउने अजम्बरी कीर्तिमान कायम गर्नुभयो, जसले इतिहास नै लेख्यो ।

    नेपालले मंगोलियालाई २७३ रनले हरायो, जुन आजसम्मको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा ठूलो अन्तरको जित हो । रोहितको कप्तानीमा नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा सहभागिता जनाएको थियो । सन् २०१४ मा पारस खड्काको नेतृत्वमा बंगलादेशमा विश्वकप खेलेयता नेपाल १० वर्षपछि पुनः त्यहाँ पुगेको थियो ।

    रोहितकै नेतृत्वमा नेपालले वेष्ट इन्डिजविरुद्ध तीन खेलको टी-२० शृंखला २-१ ले जित्दै नयाँ कीर्तिमान बनायो । त्यसै वर्ष, नेपालले पाकिस्तान र श्रीलंकामा गएर पहिलोपटक एकदिवसीय एसिया कप पनि खेलेको थियो । त्यसअघि नेपालले विश्वकप लिग-२ अन्तर्गत अन्तिम १२ मध्ये ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुग्ने अद्भूत उपलब्धि पनि हासिल गरेको थियो ।

    अब नेपाल लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्ने नजिक छ । यदि यो सम्भव भयो भने, रोहित पौडेल दुई पटक विश्वकपमा टोली डोर्याउने पहिलो नेपाली कप्तान हुनुहुनेछ । टी-२० अन्तर्राष्ट्रियमा रोहितले ७१ खेलमा १५ सय बढी रन बनाइसक्नुभएको छ । उहाँले सात अर्धशतकसहित २७.६१ को औसत र ११८.८५ को स्ट्राइक रेटमा एक हजार ५१९ रन बनाउनुभएको हो । नेपालबाट उहाँभन्दा अगाडि केवल दीपेन्द्रसिंह ऐरी (१,८६० रन) र कुशल भुर्तेल (१,६६६ रन) हुनुहुन्छ ।

    पौडेल नेपाली क्रिकेटको नयाँ पहिचान हो, जो केवल कप्तान होइनन्, नेता, प्रेरणा र निरन्तरताका प्रतीक बन्नुभएको छ । पारस खड्काले नेपाली क्रिकेटको ढोका खोल्नुभयो, तर रोहितले त्यस ढोकाबाट विश्वस्तरमा पुर्याउने बाटो तयार पार्नुभएको छ ।

    यस्तै नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जित्दै इतिहास रचेको छ । यो केवल एउटा सिरिज विजय होइन, नेपाली महिला क्रिकेटको आत्मविश्वास र सामूहिक क्षमताको नयाँ अभिव्यक्ति पनि हो । बुधबार सम्पन्न अन्तिम खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै सिरिज आफ्नो पक्षमा पार्दा टोलीको अनुशासन, मानसिक दृढता र रणनीतिक सोच स्पष्ट देखिएको थियो । (हिमालय टाइम्स)

    शनिबार, असोज २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer