काठमाडौं । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रु लक्षित फ्री वाइफाई इन्टरनेट सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु गरेको छ । नेपाल टेलिकमतर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाइफाई सेवा शुभारम्भ गर्नुभएको हो ।
कम्पनीका अनुसार उक्त फ्री वाइफाई सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भिआइपी लाउन्ज तथा प्रतीक्षास्थललगायतका क्षेत्रहरूमा रहेको छ । देशभर सञ्चालनमा रहेका तीन अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित फ्री इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौताबमोजिम उक्त सेवा शुभारम्भ गरिएको हो ।
यसैगरी नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रहेर देशभर बिभिन्न ठाउमा फ्री वाइफाई, इन्टरनेट सेवा दिन तर्फ बिशेष ध्यान दिनुपर्ने देखिन्छ ।




