काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ ।
Advertisement
बैंकले प्रत्येक वर्ष वसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उहाँको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष एक लाखका दरले छात्रवृत्तिस्वरूप एक कोष खडा गरी उक्त रकम जम्मा गराउँदै आएको छ ।
छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपछि उहाँको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु हो । सोही परम्परालाई निरन्तरता दिँदै बैंकले उक्त कोषमा जम्मा भएको कुल रकम सात लाख ३८ हजार आठ सय ११ रुपैयाँ ९५ पैसा छात्रवृत्तिस्वरूप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको जनाएको छ ।




