काठमाडौं । ‘जेन-जी’ प्रदर्शनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीको राहदानी (पासपोर्ट) कालोसूचीमा राखिएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार भदौ २४ गते देशभरका कारागारबाट फरार भएका चार हजार ७९५ जना कैदीबन्दीका राहदानी कालोसूचीमा राखिएको हो ।
Advertisement
उहाँका अनुसार तीमध्ये चार हजार २२६ जना नेपाली र ५२९ जना भारतीय नागरिक छन् । ‘जेन-जी प्रदर्शन’का क्रममा १४ हजार ५४९ जना कैदीबन्दी कारागारबाट भागेका थिए ।
तीमध्ये नौ हजार ४५३ जना पुनः कारागारमा फर्किएका छन्, कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार हालसम्म बालसुधार गृहका बालविज्ञानीसहित पाँच हजार १७४ जना कैदीबन्दी अझै फरार छन् ।




