• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
मङ्गलबार, भदौ ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

दृष्टिविहीन शिक्षकको सय किलोमिटरको सङ्घर्ष, ‘उहांको शिक्षण शैली उत्कृष्ट छ’: प्रधानाध्यापक चौधरी


  •   मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का टीकाराम घिमिरे हरेक बिहान अँध्यारोमै उठ्नुहुन्छ । पूर्ण दृष्टिविहीन उहाँ बिहान घरबाट निस्कँदा बाटो देख्नुहुन्न तर आफ्नो कर्तव्य र जिम्मेवारी भने स्पष्ट देख्नुहुन्छ– विद्यालय पुग्ने र बालबालिकालाई पढाउने ।

    Advertisement

    उहाँको घर तिलोत्तमामा छ तर कार्यस्थल दक्षिण मर्चवारको बगौली माध्यमिक विद्यालय हो, करिब सय किलोमिटर टाढा । हरेक दिन उहाँ बिहानै सहकर्मी ज्ञानसिंह राणाको मोटरसाइकलमा चढ्नुहुन्छ । ५० किलोमिटर विद्यालय पुग्ने, पढाउने र फेरि ५० किलोमिटर फर्कने– यही उहाँको दैनिकी हो । दृष्टिविहीनका लागि यस्तो यात्रा कल्पना गर्न पनि गाह्रो हुन्छ ।

    तर टीकारामका लागि यो बाध्यता होइन, पेशाप्रतिको निष्ठा हो । उहाँ भन्नुहुन्छ, “म दृष्टिविहीन हुँ तर जिम्मेवारी देख्छु । पढाउने मेरो धर्म हो, त्यसैले कठिन मानेर भाग्दिनँ ।” तर यो यात्रा केवल कर्तव्यको होइन, पीडाको पनि कथा हो । धुलो, धुवाँ, गर्मी, हिउँ, वर्षा केहीले पनि रोकेको छैन । उहाँ भन्नुहुन्छ, “कतिबेला त आँखा देख्ने मान्छेलाई पनि यस्तो यात्रा गर्न गाह्रो पर्छ, म त दृष्टिविहीन हुँ, त्यसैले पीडा शब्दमा भन्न सक्दिनँ ।”

    ज्ञानसिंह राणा जसले टीकारामलाई दैनिक विद्यालय लैजानुहुन्छ, उहाँ पनि यो यात्रालाई कठिन महसुस गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनहुँ सय किलोमिटर मोटरसाइकल चलाउँदा शरीर र मन दुवै थाक्छ तर टीकारामको समर्पण हेर्दा साथ दिन मन लाग्छ ।” टीकारामको सङ्घर्षले राज्यप्रणालीको संवेदनशीलतालाई पनि प्रश्न गर्छ । दृष्टिविहीन शिक्षकलाई सहज स्थानमा राख्ने नीति कागजमा मात्र सीमित छ । उहाँले नियुक्तिपछि बारम्बार निवेदन दिनुभयो– आफूलाई नजिकको विद्यालयमा पठाइयोस् भनेर तर कुनै सुनुवाइ भएन । दृष्टिविहीन शिक्षक अझै पनि दैनिक एक सय किलोमिटरको यात्रा तय गर्न बाध्य हुनुहुन्छ ।

    उहाँका सहकर्मी शिक्षक युवराज कँडेल भन्नुहुन्छ, “राज्यले टीकाराम जस्ता शिक्षकको जीवनलाई बुझ्न सकेको छैन । उहाँ दृष्टिविहीन भएर पनि शिक्षक सेवा आयोग पास गर्नुभयो, स्थायी शिक्षक बन्नुभयो तर आज पनि राज्यको संवेदनशीलताको अभावमा पीडामा हुनुहुन्छ ।”

    टीकारामले आफ्नो जीवनमा कठिनाइलाई कहिल्यै बहाना बनाउनुभएन । उहाँ दृष्टिविहीन भएर पनि १२ वर्षसम्म सञ्चारकर्मीका रूपमा काम गर्नुभयो– रेडियो कार्यक्रम चलाउनुभयो, समाचार

    पढ्नुभयो, विचार बहस चलाउनुभयो । प्रविधिको प्रयोग गरेर उहाँले पुस्तक सुन्नुभयो, सामग्री पढ्नुभयो र समाचार बुझ्नुहुन्थ्यो । अहिले पनि उहाँ प्रविधिको सहारामा पढाइको तयारी गर्नुहुन्छ तर सबैभन्दा ठुलो चुनौती भने घिमिरेको शारीरिक सिमानाभन्दा पनि प्रशासनिक बेवास्ता हो । उहाँ भन्नुहुन्छ, “म अपाङ्गता भएको शिक्षक हुँ, मेरो काम गर्न चाहने इच्छा बलियो छ तर राज्यले सहज ठाउँमा पठाउने सोच बनायो भने मेरो पनि जीवन सजिलो होला, म अझ राम्रो पढाउन सक्छु ।”

    टीकारामको जीवनले एउटा गहिरो सन्देश दिन्छ– अपाङ्गता कमजोरी होइन, सोचको सीमा हो । उहाँले देख्न नसके पनि ज्ञान र आत्मविश्वासको उज्यालो बाँडिरहनुभएको छ । अब जिम्मेवारी समाज र राज्यको हो– टीकाराम जस्ता शिक्षकलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण दिलाउने । किनकि उहाँ दृष्टिविहीन शिक्षक मात्रै होइन, हजारौँ अपाङ्गता भएका नागरिकको सपना र सम्भावनाको प्रतीक हुनुहुन्छ ।

    विद्यालयका प्रधानाध्यापक चन्द्रमणि चौधरीले भन्नुभयो, “घिमिरेको शिक्षण शैली उत्कृष्ट छ, विद्यार्थी खुसी छन् तर टाढाबाट धाउनु पर्दा र विद्यालय अपाङ्गतामैत्री नहुँदा भने उहाँलाई कठिनाइ छ ।” दृष्टिविहीन शिक्षक घिमिरेलाई घरपायक सरुवाको विषयमा प्रतिक्रिया लिंदा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यले शिक्षा मन्त्रालयको कार्यविधिका कारण उहाँको तत्काल सरुवा गर्न नसकिएको बताउनुभयो ।(गोरखापत्रबाट)

     

    मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer