काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कामी रिता शेर्पालाई सम्मान गरेको छ । लुम्बिनी बैंकसँग स्थापनाकालदेखि नै निरन्तर सहयात्रा गर्दै आउनुभएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल हुनुभएकोमा बैंकले आइतबार सम्मान कार्यक्रम आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले उहाँँको उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान प्रदान गर्र्नुभएको थियो ।
कीर्तिमानी पर्वतारोही शेर्पा विगत दुर्ई दशकदेखि लुम्बिनी विकास बैंकमा निरन्तर सहयात्री बन्दै आउनुभएको छ । उहाँको कीर्तिमानी आरोहण आफ्ना लागिमात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालीका लागि आपूmले ३१औँ पटक आरोहण गरेको शेर्पाले बताउनुभयोे । उहाँको उक्त साहसिक कार्यले लुम्बिनी विकास बैंकसहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको उक्त बैंकले उल्लेख गरेको छ ।
देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आएकोे लुम्बिनी विकास बैंकले विभिन्न स्थान गरी ८९ शाखा तथा एक विस्तारित शाखा(एक्सटेन्सन काउण्टर) मार्फत् सेवा प्रदान गर्दै आएको छ । लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।




