काठमाडौं । चिया नेपालको प्रमुख निकासी कृषी उपज हो । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ।
Advertisement
मेची भन्सार कार्यालयका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।
गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो। यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो। चियाको निकासीले देशको अर्थतन्त्रमा ठुलो टेवा पुगेको छ ।




