• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अनुभव साट्दै अग्रज पत्रकार


  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । पञ्चायती व्यवस्थादेखि अहिलेसम्म नेपाली पत्रकारिताले पार गर्दै आएको उतार-चढाव, चुनौती र परिवर्तनबारे अग्रज पत्रकारहरूले विस्तृत अनुभव साझा गरेका छन् । सम्पादक समाज नेपालद्वारा शनिबार आयोजित ‘ऊ बेलाका हाम्रा कुरा’ शीर्षक कार्यक्रम गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौर (नुवाकोट)मा सम्पन्न भएको हो । कार्यक्रममा करिब एक सय पत्रकारहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

    Advertisement

    सम्पादक समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उस समय पत्रकारितामा देखिएका राजनीतिक, सामाजिक, आर्थिक तथा सूचना-प्रविधिय चुनौतीबारे अलग-अलग सेसनमार्फत बहस गरिएको थियो ।

    उबेलाको राजनीतिक वातावरणमा पत्रकारिताले भोग्नुपरेका कठिनाइबारे अग्रज पत्रकारहरु प्रा.पुरुषोत्तम दहाल यस्तै, तीर्थ कोइराला, देवप्रकाश त्रिपाठी, टंक पन्त, कुलचन्द्र वाग्ले, प्राडा.शान्तिकृष्ण अधिकारी, सुदर्शन आचार्य, युवराज गौतम, पुष्पराज प्रधान, पुरु रिसाल, हरिविनोद अधिकारीलगायतले आ-आफ्ना धारण राख्नुभएको थियोे । उक्त सेसनको सहजीकरण भीम थापा र अस्मिता श्रेष्ठले गर्नुभएको थियो ।

    पत्रकारिताले त्यतिबेलाको सामाजिक तथा आर्थिक क्षेत्रमा पार्ने प्रभावबारे चन्द्रमणि गौतम, विजय पौडेल, जुनारबाबु बस्नेत, डा.विकास सत्याल, राजु सिलवाल, यम तिवारी, पुस्कर भुर्तेल, बेनीबहादुर कार्कीलगायतले आ-आफ्ना अनुभव सुनाउनुभएको थियो । यो सेसनको सहजीकरण दिनेश रेग्मी र कल्पना भट्टाईले गर्नुभएको थियो ।

    तत्कालीन अवस्थामा सूचना प्रविधिको पहुँच, सूचना संप्रेषणमा आएको कठिनाइ र बाधाबारे राष्ट्रिय सूचना आयोगका अध्यक्ष सुरेश आचार्य, तारा बराल, नारायण उपाध्याय, विश्व बलामी, बिटु केसी, राजु सिलवाल, गोकर्ण अर्याल, खगेन्द्र खत्री, सुशील कोइराला, रामकृष्ण पौडेल र तुला अधिकारीलगायत वक्ताले आ-आफ्ना अनुभव बाँडनुभएको थियो ।

    कार्यक्रमको संयोजन सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले गर्नुभएको थियो । कार्यक्रममा सम्पादक समाजका संरक्षक तथा अग्रज पत्रकार जीवराम भण्डारी, ईश्वरी वाग्ले, किरण वैध, मदनकुमार श्रेष्ठ, नेपाल भूषण न्यौपाने, नवराज चालिसे, माधव पौडेल, माधव दुलाललगायतको उपस्थिति उल्लेख्य थियो । कार्यक्रमका बहस तीनै सेसनबाट प्राप्त निष्कर्षहरू समाजले प्रकाशन गर्ने ‘संचारदूत’मा समावेश गरिने आयोजकले जनाएको छ ।

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer