☰
बिहिबार, कार्तिक ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आजदेखि ‘ट्रफी सेलिब्रेसन टुर’मा लुम्बिनी लायन्स


  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले आज (शनिबार) ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर गर्दैछ । लुम्बिनी लायन्सले सार्वजनिक गरेको तालिकानुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रूपन्देहीमा आएर पूरा हुनेछ ।

    Advertisement

    तालिका अनुसार आज (शनिबार) पुस ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि गुलेरियासम्म र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ । पुस ६ गते (आइतबार) दाङको तुल्सिपुर-घोराहीमा टुर आयोजना हुनेछ ।

    पुस ७ गते (सोमबार) रुकुमको रुकुमकोट-खलंगासम्म, पुस ८ गते (मंगलबार) रोल्पाको लिवाङ-सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिंग्र्रीदेखि स्वर्गद्वारीसम्म, पुस १० गते विजुवार बरुङ्लादेखि चकचके दरभाङ र भालुवाङसम्म टुर रहने जनाइएको छ ।

    यस्तै पुस ११ गते कपिलवस्तुको चन्द्रौटा-कृष्णनगर-तौलिहवा-गोरुसिंगेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घासमा, पुस १४ गते पाल्पाको तानसेन बजार, पुस १५ गते नवलपरासीको बर्दघाट-सुनवलसम्म र पुस १५ गते नै रूपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ ।

    लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ । एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदू्रपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको थियो ।

    लुम्बिनीले त्यससअघि दोस्रो क्वालिफायरमा विराटनगर किंस र प्लेअफको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो । एनपिएलको पहिलो संस्करणको जनकपुर बोल्ट्सले जितेको थियो ।(हिमालय टाइम्स)

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer