• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. वार्षिक राशिफल: २०८३

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

शान्ति सैनिकमाथि भएको आक्रमणको सुरक्षा परिषदद्वारा कडा निन्दा


  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सुडानमा संयुक्त राष्ट्रको रसद केन्द्रमाथि गरिएको विस्फोटक आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । उक्त आक्रमणमा बङ्गलादेशका छ जना शान्ति सैनिकको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।

    Advertisement

    शुक्रबार जारी गरिएको वक्तव्यमा सुरक्षा परिषदका सदस्यले दिवङ्गत शान्ति सैनिकका परिवारप्रति तथा बङ्गलादेश सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइते सैनिकको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ । गत शनिबार सुडानको दक्षिण कोर्डोफान प्रदेशअन्तर्गत काडुग्ली क्षेत्रमा उक्त आक्रमण भएको हो ।

    परिषदका सदस्यले संयुक्त राष्ट्रको रसद केन्द्र र अबिएई क्षेत्रमा तैनाथ शान्ति सैनिकमाथि गरिएको योजनाबद्ध आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् । परिषदको ठहरअनुसार यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ । सुरक्षा परिषदले शान्ति सैनिकलाई लक्षित गरी गरिएका सबै प्रकारका आक्रमण तथा उक्साहटको कडा भर्सना गर्दै दोषीलाई ढिलाइ नगरी कारबाही गर्न माग गरेको छ ।

    परिषदका सदस्यले शान्ति सैनिकमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध मानिन सक्ने स्पष्ट पारेका छन् । साथै, घटनाको शीघ्र अनुसन्धान गर्न र सैनिक योगदान गर्ने देशलाई अनुसन्धानको प्रगतिबारे जानकारी गराउन संयुक्त राष्ट्रलाई आग्रह गरिएको छ ।

    त्यसै गरी, परिषदले सुडान र दक्षिण सुडानका सम्बन्धित निकायलाई संयुक्त राष्ट्रका भवन, कर्मचारी तथा शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपाय अपनाउन आग्रह गरेको छ । विवादित अबिएई क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सुडान र दक्षिण सुडानबिच थप सहकार्य आवश्यक रहेकोमा परिषदले जोड दिएको छ ।

    यस्तै, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।

    वासिङ्टनका अनुसार, पाम्यारा सहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो । पाम्यारा युनेस्को सूचीमा सूचीकृत प्राचीन भग्नावशेषको लागि प्रसिद्ध छ र पहिले जिहादी लडाकूको नियन्त्रणमा रहेको थियो । उक्त आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

    यसको जवाफमा, अमेरिकी सेनाले ‘सिरियाका विभिन्न स्थानमा युद्धपोत, आक्रमण हेलिकोप्टर र तोपखानाको प्रयोग गरी ७० भन्दा बढी लक्ष्यमा हमला गरेको’ सेन्ट्रल कमान्डले जनाएको छ । सेन्ट्रल कमान्डका अनुसार, ‘सञ्चालनमा सयभन्दा बढी सटिक हतियार प्रयोग गरेर आतङ्कवादी पूर्वाधार र हतियार भण्डारमा लक्षित गरिएको’ थियो । (सिन्ह्वा)

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer