• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

उपकुलपति आवासमा आक्रमणप्रति विश्वविद्यालय परिवारको कडा निन्दा


  •   बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
  • काठमाडौं । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको परिसरभित्र रहेको उपकुलपति आवासमा अनधिकृत रूपमा प्रवेश गरी आक्रमण गरिएको घटनाप्रति विश्वविद्यालय परिवारले गम्भीर खेद व्यक्त गर्दै तीव्र विरोध र निन्दा गरेको छ । मिति २०८२ पुस ६ गते बिहान करिब आठ बजे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र त्यसको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को नाममा उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, उपप्रशासक खिमबहादुर केसी तथा उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित आक्रमण गरिएको विश्वविद्यालयको भनाइ छ ।

    Advertisement

    उक्त घटनापछि मिति २०८२ पुस ७ गते बेलझुण्डीमा आयोजित विश्वविद्यालयका पदाधिकारी, निकाय प्रमुख, महाशाखा तथा शाखा प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा कर्मचारीको बृहत् भेलाले घटनाको भत्र्सना गर्दै विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार व्यक्तिहरूको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गरेको हो । भेलाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

    विश्वविद्यालयले नेपाल संस्कृत विश्वविद्यालय नेपाली जनता, विशेषगरी संस्कृत र संस्कृतिप्रेमीहरूको त्याग, तपस्या र श्रमदानबाट स्थापित प्राच्य वाङ्मयको पवित्र केन्द्र भएको उल्लेख गर्दै यस्ता गतिविधिले संस्थाको गरिमा र प्राज्ञिक वातावरणमा आघात पुर्‍याउने जनाएको छ । विश्वविद्यालय परिवार विकृति, विसंगति र विरोधाभासबाट मुक्त गराउँदै संस्थालाई उच्च प्राज्ञिक यात्रातर्फ अघि बढाउन कृतसंकल्पित र एकजुट रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

    यसैबीच, अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले मिति २०८२ पुस ६ गते जारी गरेको विज्ञप्तिमा उपकुलपति प्राडा.धनेश्वर नेपाल र कुलसचिव प्रा.माधव अधिकारीमाथि लगाइएका आरोपहरू कपोलकल्पित, प्रमाणहीन र अयथार्थ रहेको विश्वविद्यालयले स्पष्ट पारेको छ ।

    विश्वविद्यालयले सबै सरोकारवालालाई पूर्वाग्रह, मिथ्या सूचना र स्वार्थी तत्वद्वारा प्रवाहित सूचनामा भर नपरी सत्य र तथ्यका आधारमा धारणा बनाउन आग्रह गरेको छ । साथै, नेपाल संस्कृत विश्वविद्यालयले वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान सम्भव हुने विश्वास लिँदै आएको र विगतमा पनि यही प्रक्रियाबाट जटिल समस्या समाधान गर्दै आएको जनाएको छ ।

    शिक्षाध्यक्ष प्रा.भोजराज जोशीद्वारा जारी विज्ञप्तिमा प्राज्ञिक संस्थाको मूल्य, मर्यादा र शान्तिपूर्ण वातावरण जोगाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गरिएको छ ।(हिमालय टाइम्सबाट)

    बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer