• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपाल भूगोल विद्यार्थी समाजको साधारण सभा सम्पन्न


  •   आइतबार, पुष २७, २०८२ मा प्रकाशित
  • काठमाण्डौ। नेपाल भूगोल विद्यार्थी समाजको साधारण सभा नेपालको केन्द्रीय भूगोल विभागमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन समाजका सचिव चेत नारायण गिरीले गर्नुभएको थियो भने समाजका अध्यक्ष कृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिको रुपमा भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. उमेश कुमार मण्डल रहनुभएको थियो।

    Advertisement

    कार्यक्रममा विभागका प्राध्यापकहरू, वर्तमान तथा पूर्व विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रह्यो। अतिथिका रूपमा विभागका प्रा. डा. प्रेम सागर चापागाईं, सहप्रा. डा. पुष्पा शर्मा , सहप्रा. लाल बहादुर ओली, उपप्रा. चविलाल चिदी र शेर बहादुर गुरुङ तथा बर्तमान एवं पूर्व विद्यार्थी तथा समाजका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो।

    समाजले नियमित रुपमा प्रकाशन गर्दै आएको अनुसन्धानमूलक जर्नल The Geographic Base का प्रधान सम्पादकको रुपमा रहनुभएका प्राध्यापक डाक्टर चापागाईंले विश्वविद्यालयका धेरै केन्द्रीय बिभागहरुमा पनि नियमित जर्नल प्रकाशन नभैरहेको अवस्थामा भूगोल विद्यार्थी समाजले विद्यार्थीको सक्रियता र तहबाट यति ओझिलो स्टार रेटेड अन्तराष्ट्रिय स्तरको अनुसन्धानमूलक जर्नल प्रकाशन गर्नु विभागका लागि मात्र नभएर विश्वविद्यालयका लागि पनि गौरवको विषय भएको र यसले आउदा दिनहरुमा विद्यार्थी हरुको प्राज्ञिक उन्नयनमा निकै प्रभाकारी हुने बताउनु भयो ।


    कार्यक्रमा, अतिथीको रुपमा रहनु भएका सहप्रा. डा. पुष्पा शर्मा , सहप्रा. लाल बहादुर ओली, उपप्रा. चविलाल चिदी र शेर बहादुर गुरुङ, निवर्तमान अध्यक्ष लीलाधर सापकोटाले शुभकामना मन्तव्य दिनुभएको थियो भने जर्नलका सम्पादक डा. तिल प्रसाद पंगाली शर्माले आफू स्वयं यही जर्नलको प्रकाशनबाट लाभान्वित भएर उच्च अध्ययनको लागि छात्रवृत्ति प्राप्त गरेको हुँदा यसप्रति सधै ऋणी रहेको बताउनु भयो।


    सभाको मुख्य आकर्षण पुरानो समितिको हस्तान्तरण र नयाँ कार्यकारिणी समितिको गठन रह्यो। कृष्ण शर्माको अध्यक्षतामा रहनु भएका पुरानो समितिका पदाधिकारीहरूले जिम्मेवारी नयाँ टिमलाई हस्तान्तरण गर्नुभयो। नयाँ समिति विजया काफ्लेको अध्यक्षतामा गठन भएको छ, जसले विगतका समितिहरुले गरेका राम्रा कामहरुलाई अझ सशक्त बनाउदै लैजाने तथा बाकी रहन गएका कामलाई पूर्ण गर्दै अझ बहुआयामिक रुपमा समाजको पहिचान स्थापना गर्ने प्रतिबद्धता नवगठित समितिका अध्यक्ष श्री विजया काफ्लेले गर्नुभएको थियो।

    समाजको संरक्षकको रुपमा रहनु भएका प्रमुख अतिथि एवं विभागीय प्रमूख उमेश कुमार मण्डलले विद्यार्थीहरूलाई अध्ययन यस विभागमा नेपालके पहिलो भू स्थानिक अनुसन्धान केन्द्र (Geospatial Research Centre),निर्माण तथा संचालनको अन्तिम चरणमा रहेको र माटो बनस्पति तथा जल प्रयोगशाला (Soil Vegetation and Water Laboratory) संचालनमा रहेको हुँदा बिभाग बहु आयामिक अनुसन्धान केन्द्रको रुपमा बिकास हुदै गैरहेको अवस्थामा, भूगोल नै नरहे भूगोलविदको पनि अस्तित्त्व नरहने हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई अनुसन्धान र नेपाली भूगोलको विकासमा योगदान दिन प्रेरित गर्नुभयो।

    अन्तमा कार्यक्रमको समापन गर्दै सभाध्यक्ष शर्माले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै नवगठित समितिका पदाधिकारीहरुलाई शुभकामना दिदै आफू औपचारिक रुपमा विदा भएपनि विषय र समाजलाई आवस्यक पर्दा समर्पण र सहयोग गरिरहने बताउनु भयो ।

    आइतबार, पुष २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer