काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेन्सिङमा बागमतीले २ र आर्मीले एक स्वर्ण जितेको छ। पुरुष टिम फोयलमा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको हो।
बागमतीको यो फेन्सिङ तेस्रो स्वर्णपदक हो। पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदुरपश्चिम र प्रदेश नं १ ले कास्यपदक प्राप्त गरेका छन्।
महिला ईपी टिम इभेन्टको स्वर्ण नेपाली सेनाले जितेको छ। सेनाले शसस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जितेका हुन्।
सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदुर पश्चिमले कास्यपदक जिते।
महिला सेबर टिम इभेन्टको प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश १ ले कास्य पदक जिते।
फेन्सिङको अंकतालिका अनुसार बागमती प्रदेश शीर्ष स्थानमा उक्लेको छ। बागमतीले ४ स्वर्ण, एक रजत सहित ५ पदक प्राप्त गरेको छ। त्यसैगरी आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कास्यसहित १४ पदक प्राप्त गरेको छ।
सशस्त्र प्रहरी १ स्वर्ण, ३ रजत र ६ कास्यसहित १० पदका साथ तेस्रो स्थानमा छ। सुदुरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ। त्यसैगरी प्रदेश १ तीन कास्यसहित पाँचौ स्थानमा रहेको छ। त्यसै गरी गण्डकी प्रदेश १ कास्यपदक प्राप्त गरेको छ।




