• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

उद्योग प्रवर्द्धन र धेरै रोजगारीका अवसरको सिर्जना गर्ने मेरो मूल ध्येय हो : बालकृष्ण शिवाकोटी


  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । दोलखामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटी दोलखाली राजनीतिमा चीरपरिचित नाम हो ।
    राजनीतिक परिवारमा जन्मेका शिवाकोटी स्वर्गीय विष्णुराज शिवाकोटी र विष्णुमाया शिवाकोटीका जेठा सन्तानको रुपमा विसं २०२६ साउन २९ मा जन्मनुभएको थियो ।

    Advertisement

    बुबाको राजनीतिक सामाजिक जीवनबाट प्रेरित हुनुभएका शिवाकोटी विद्यार्थीकालबाट नै अनेरास्ववियुको राजनीतिमा सक्रिय हुनुभएको हो ।

    उहाँ क्षमावती माविमा अध्ययनरत रहँदा २०४० मा अनेरास्ववियुको उपाध्यक्षसम्म बनेर काठमाडौंस्थित नेपाल कमर्श क्याम्पसमा उच्च शिक्षा अध्ययनको लागि भर्ना हुनुभयो ।

    त्यहाँ स्नातकसम्मको अध्ययन पूरा गरुन्जेल अनेरास्ववियु प्रारम्भिक कमिटीका विभिन्न पदमा सक्रिय रही राजनीतिक यात्रालाई निरन्तरता दिनुभयो ।

    त्यसपछि भूगोलको राजनीतिमा सक्रियता देखाउनुभएका शिवाकोटी तत्कालीन इलाका नंबर ९ को सचिव हुँदै २०५६ सालमा क्षेत्रीय कमिटीको सचिव बनेर क्रियाशीलता देखाउनुभयो ।

    राजनीतिक यात्रासँगसँगै समाजिक क्षेत्रमा पनि गतिशील शिवाकोटी नेकपा एमाले दोलखाको सचिवालय सदस्यमा निरन्तर १२ बर्ष रहेर पार्टी सञ्चालन तथा विकास निर्माणका कामहरुमा सम्मिलित हुँदै आउनुभयो छ ।

    उहाँ नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशका लागि दोलखामा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि विजयी हुनुभएको थियो ।

    नेकपा एमालेको केन्द्रीय उद्योग वाणिज्य विभागको सदस्य हुँदै पार्टी एकीकरण पश्चात नेकपाको बागमती प्रदेश कमिटी सदस्य भई पार्टी विभाजन पछि पनि हाल एमालेको प्रदेश कमिटीमै निरन्तर काम गरिरहनुभएको छ ।

    एमालेको दशौँ महाधिवेशन तथा विधान महाधिवेशनमा पनि प्रतिनिधि रहनुभएका शिवाकोटी हाल एमालेको उद्योग हेर्ने भातृसंगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज रहनुभएको छ ।

    सरल तथा मिजासिलो स्वभावका धनी शिवाकोटी सामाजिक संघसंस्थामा पनि सक्रिय हुनुहुन्छ । मदन भण्डारी फाउण्डेनसनको केन्द्रीय सदस्य र नेपाल भारत मैत्री संघको कार्यकारिणी सदस्यसमेत रहनुभएको छ।

    नेपाल सरकार लगानी बोर्डको सदस्यमा तीन कार्यकालसम्म रहनुभएका शिवाकोटी मेगा बैंकको सञ्चालक समिति सदस्य पनि हुनुहुन्छ ।

    सामाजिक कार्यमा रुची राख्ने उहाँले भूकम्पले समस्या परेका बेला राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समन्वय गरेर दोलखा जिल्लाभर ठूलो मात्रामा राहतका कार्यक्रम तथा सामग्रीहरु ल्याएर जिल्लाबासीलाई सहयोग गर्नुभएको थियो । जिल्लामा मात्रै हैन देशका अन्य विभिन्न भागमासमेत राहत सामग्री सहायता गर्नुभएको थियो ।

    कोभिड १९ को संकटका समयमा जिल्लाबाट काठमाडौं बस्ने विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरु जो कमाएर खान नसक्ने अवस्थामा थिए, उनीहरुलाई खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराएर सहयोग गर्नुभएको थियो ।

    असहाय तथा पहुँच बाहिरका व्यक्ति तथा समुदायका हितका लागि सधैँ केही गरौँ भन्ने भावना बोकेका शिवाकोटीले जेहेन्दार विद्यार्थीहरुको शिक्षामा ठूलो सहयोग तथा लगानी गर्नुभएको छ ।

    करिब ५०० भन्दा बढी विद्यार्थीहरुलाई विद्यालय तथा उच्चतहको शिक्षामा व्यक्तिगत सहयोग तथा छात्रवृत्ति उपलब्ध गराएर सबैका लागि शिक्षा भन्ने राष्ट्रिय अभियानमा योगदान गर्नुभएको छ ।

    आफू जन्मेर हुर्केको घर नजिकैको कालिनाग मावि सुनखानीलाई स्रोत साधन सम्पन्न विद्यालय र कालिनाग क्याम्पस बनाउने सम्मको अभियानको नेतृत्व गरेका शिवाकोटी शिक्षाप्रेमी तथा सफल अभियन्ता पनि हुन् । हाल जिल्लाको ग्रामीण भेगमा बनेको कालिनाग स्कुल तथा क्याम्पस उदाहरणीय शैक्षिक नमुना पनि हो ।

    यसका अलावा सबैखाले विकास निर्माणमा उहाँको योगदान रहेको छ । जुन क्षेत्रमा हात हाल्यो त्यसलाई सफल बनाएरै छाड्ने र सबैको चित्त बुझाएर काम गर्नसक्ने खुबी बालकृष्णमा रहेको उहाँका निकटस्थहरु बताउँछन् र सबैले त्यसको अनुभूत पनि गरेका छन् ।
    सफल उद्योगी तथा व्यवसायीको छवी बनाउनुभएका शिवाकोटीले आफू आबद्ध दर्जनभन्दा बढी उद्योगहरुमा करिब ४०० भन्दा बढीलाई रोजगार दिलाउनुभएको छ । राज्यको इमानदार व्यवसायीमा पर्ने उहाँले बेलाबेला सफल र इमान्दार व्यवसायीको रुपमा राज्यबाट पुरस्कृत पनि हुनुभएको छ ।

    यो निर्वाचन जितेपछि उहाँको पहिलो योजना नै जिल्लामा उत्पादनमूलक वातावरण बनाउने र धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जना गर्ने रहेको छ ।

    दोलखाको वृहत्तर विकासमा सहयोग पुग्ने तामाकोशी ३ आयोजना, चीनसँगको फलाक नाका खोल्ने सडक निर्माण, शैलुङ पर्यटकीय स्थल निर्माण, फिल्मसिटी तथा खरिढुंगा म्याग्नेसाइट पुनःसञ्चालन जस्ता एजेण्डाहरु नै उहाँको प्राथमिकतामा रहेका छन् ।

    विगतमा नेकपाको सरकार बीचमै ढल्नाले पूरा गर्न नसकिएका काम यसबर्ष पूरा गरेरै छाड्ने उहाँको ध्येय रहेको छ ।
    बालकृष्ण शिवाकोटी युवा, जोशिला, सफल र संसदीय राजनीतिमा नयाँ अनुहार भएकाले अहिले दोखाबासीले निकै ठूलो आशा, अपेक्षा र भरोसा उहाँमाथि राखेका छन् । नयाँले पक्कै केही गर्छन भन्ने सबैको चासो रहेको छ ।

    योसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय पहुँच बनाएका शिवाकोटीले दोलखालाई पनि साँच्चै परिवर्तन गराएर नमुना पर्यटकीय जिल्ला निर्माण गर्ने र उत्पादनको थलोको रुपमा पहिचान दिने अभियानका साथ निर्वाचनमा होमिएको बताउनुभएको छ ।

     

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer