☰
मङ्गलबार, कार्तिक ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

दोलखामा गठबन्धनले आचारसंहिता मिच्यो : बहालवाला पालिका प्रमुख नै चुनावी अभियानमा


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • चरिकोट । सत्तारुढ गठबन्धनले दोलखामा अधिकांश निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट निर्वाचन परिचालनको जिम्मेवारी दिएको छ । गत स्थानीय तह निर्वाचनबाट चुनिएका नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य लगायतलाई निर्वाचन परिचालनको महत्वपूर्ण जिम्मेवारी दिईएको हो ।

    Advertisement

    निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा जनप्रतिनिधिहरुलाई आफ्नै पालिका भित्र निर्वाचन प्रचार गर्न निषेध गरिएको छ । तर सत्तारुढ गठबन्धनले कतिपय जनप्रतिनिधिलाई आफ्नै कार्यक्षेत्र भित्र र कतिपयलाई पालिका अनुकुल हुनेगरी पार्टीको निर्वाचन अभियानमा खटाएको हो ।

    सत्तारुढ गठबन्धनका तर्फबाट जारी गरिएको विज्ञप्ती अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन परिचालन कमिटी संयोजकको जिम्मेवारी बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामालाई दिइएको छ भने प्रदेशसभा क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले पाएका छन् ।

    यसैगरी तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीलाई प्रदेशसभा क्षेत्र नम्बर १ तर्फको सह संयोजकमा चयन गरिएको छ भने कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीलाई प्रदेशसभा क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको सह संयोजक तोकिएको छ ।

    उनीहरुलाई जिम्मेवारी तोकिएको भूगोल भित्रै आफ्नै गाउँपालिका पनि पर्दछ ।

    यस्तै बैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती, गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्याम सुन्दर तामाङ, भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, वडा अध्यक्ष, सदस्यहरुलाई पनि पार्टीको निर्वाचन परिचालन कमिटीमा राखिएको छ ।

    गौरीशंकर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष युगबहादुर बस्नेतलाई पालिका स्तरिय निर्वाचन परिचालन कमिटी संयोजक, तामाकोसी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शम्भु प्रसाद फुँयाललाई गाउँपालिका स्तरिय निर्वाचन परिचालन कमिटी संयोजकको जिम्मेवारी दिईएको छ ।

    उनीहरु गाउँकार्यपालिका सदस्य समेत हुन् । निर्वाचन आचारसंहिताले उनीहरुलाई आफ्नो पालिका क्षेत्र निर्वाचन प्रचार प्रसारमा संलग्न हुन बन्देज गरेको छ । आयोगले जारी गरेको पछिल्लो संशोधित आचारसंहितामा स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा मात्र निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन पाउने व्यवस्था छ ।

    उनीहरुलाई वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काको नेतृत्वमा रहेको जिल्ला स्तरिय निर्वाचन परिचालन समितिमा पनि राखिएको छ ।

    बहालवाला जनप्रतिनिधिहरुलाई आफ्नो पालिका अनुकुल हुनेगरी जिम्मेवारी दिईएपछि पालिकाको स्रोत साधन दुरुपयोग गर्ने र निर्वाचनलाई प्रभावित पार्नसक्ने सम्भावना बढेको छ ।

    [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

    प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९।५।२६ Final

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer