काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सर्वसाधारणसँग टेलिफोनमा कुराकानी गरेका छन् ।
Advertisement
च्यासलस्थित पार्टी कार्यालयबाट ओलीले गोला तानेर सर्वसाधारणसँग कुराकानी गरेका हुन् ।
ओलीले सर्वसाधारणसँग देशको वर्तमान अवस्था, विकास निर्माणका विषयमा कुराकानी गर्नुका साथै सर्वसाधारणको समस्याकाबारेमासमेत जानकारी लिएका थिए ।
अध्यक्ष ओलीले मंगलबार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गरेका थिए ।




