• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

समृद्धिको राजनीति र हिंसाबीच कुनै प्रतिष्पर्धा हुँदैन : एमाले उम्मेदवार शिवाकोटी


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • दोलखा । दोलखाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले समृद्धिको राजनीति र हिंसाबीच कुनै कोणबाट प्रतिष्पर्धा हुन नसक्ने बताउनुभएको छ ।

    Advertisement

    दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीस्थित घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । हिंसाको राजनीतिमा विश्वास गर्नेहरु अझै पनि विगतको धङ्धङीबाट मुक्त हुन नसेको बताउँदै उहाँले समृद्धिका लागि ‘इनोभेटिभ’ उद्यम नै वर्तमानको आवश्यक रहेको औँल्याउनुभयो ।

    चुनावी प्रचारप्रसारका क्रममा उहाँले मतदाता माझ भन्नुभयो, ‘हिंसा आखिर हिंसा नै हो । यसले समृद्धि हासिल गरेको उदाहरण संसारमा कतै छैन । यसको मारमा हामी पनि पर्‍यौँ । जसको परिणाम हामीले आजसम्म भोगिरहेका छौँ । याद रहोस्, सिर्जनशील उद्यमले देश निर्माण गर्छ । रोजगारीको सिर्जना गर्छ । हजारौँको भोको पेट भर्छ । हामी उद्यममार्फत मुलुकलाई समृद्ध बनाउन चाहन्छौँ । तर, हिंसामा विश्वास गर्नेहरु यसलाई ध्वस्त पार्न चाहन्छन् । त्यसो हुँदा समृद्धिको राजनीति र हिंसाबीच कुनै प्रतिष्पर्धा हुँदैन ।’

    मुुलुकको शासन व्यवस्था बदलिएसँगै राजनीतिक अधिकारका मुद्दा समाप्त भएका हुँदा समृद्धि नै अहिलेको मुल मुद्दा भएको उहाँले मतदातासँग घरदैलो भेटघाटका क्रममा बताउनुभयो ।

    प्रत्येक नागरिक उद्यमशील बन्न सके मात्रै समृद्ध नेपाल बन्ने हुँदा प्रत्येक नागरिक उत्पादनमा जोडिन आवश्यक रहेको उहाँको भनाई थियो । ‘मुलुकमा राजतन्त्रको अन्त्य भयो । नयाँ व्यवस्था आयो । नयाँ संविधान बन्यो । त्यो सँगै हामीले राजनीतिक अधिकारका बिषयलाई बिट मारेका छौँ । अब आवश्यकता छ समृद्धिको । यसका लागि उद्योग कलकारखाना खोलिनुपर्छ ।

    प्रत्येक नागरिक उद्यमी बन्नुपर्छ’, घरदैलो कार्याक्रममा उहाँले भन्नुभयो,‘ यसो हुन सके मात्रै रोजगार सिर्जना हुन्छ । खाडीको चर्को घाममा नेपाली दाजुभाइ जानुपर्ने बाध्यता अन्त्य हुन्छ । यस अभियानको पक्षपाती हुँ म । त्यसो हुँदा ध्वंशमा विश्वास गर्नेहरुसँग मेरो कसरी प्रतिस्पर्धा हुन्छ ?’

    उद्यममार्फत आफ्ना सबै व्यक्तिगत आवश्यकता पूरा भएको हुँदा अबको जीवन मुलुक विकासमा लगाउने उहाँको भनाई थियो । कार्यक्रममा एमाले जिल्ला समिति अध्यक्ष तथा दोलखा (ख) को उम्मेदवार नरबहादुर श्रेष्ठले समृद्धि विनाको राजनीति अब  ‘आउट डेटेड’  भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘राजनीतिक अधिकारका मुद्दा अहिलेको आवश्यकता होइन । व्यवस्था परिवर्तनसँगै यी पूरा भइसके । समृद्धि नै अहिलेको आवश्यकता हो । त्यसो हुँदा अबका हरेक युवा उद्यमी बन्नुपर्छ । उत्पादनसँग जोडिनुपर्छ । एमाले यही मुद्दा बोकेर जनतामाझ आएको छ । मंसिर ४ मा मतमार्फत जनताले यसलाई अनुमोदन गर्नेछन् ।’

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer