काठमाडौं : नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तयार पारेको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ ।
Advertisement
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना नहुञ्जेलका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
हिजो आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि स्थगित गरिएको छ । सोमबार बिहान १०:३० बजे घोषणा पत्र सार्वजनिक गर्ने भने पनि आज पनि घोषणा कार्यक्रम स्थगित भएको छ ।





