काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्वको महाअभियोग निष्क्रिय भएको पत्र पठाउने संसद सचिवालयका महासचिव भरतराज गौतमलाई सर्वोच्च अदालतले पत्र लेख्दै प्रश्न सोधेको छ ।
संसदका महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेका थिए । त्यस लगत्तै सर्वोच्चको फुलकोर्ट बसेको थियो ।
०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन ? सर्वोच्चले पहिलो प्रश्न गरेको छ । यस्तै, नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न ? सर्वोच्चले गौतमलाई दोस्रो प्रश्न गरेको छ ।
जबरामाथिको महाअभियोग निष्प्रभावी भएको भन्दै संसदका महासचिव भरतराज गौतमले सर्वोच्चमा पत्र पठाएपछि राजनीति र कानुनी वृत्त तरंगित भएको छ।





