• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत’


  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुआयामिक व्यक्ति स्व‍. लक्ष्मीदास मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।

    Advertisement

    भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवं समाजसेवी स्व लक्ष्मीदास मानन्धरको जीवन पुस्तक ‘परिवर्तनका संवाहक लक्ष्मीदास’ को विमोचन गर्दै स्व मानन्धरको जीवन सबैका निम्ति प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।

    पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पहलमा लक्ष्मीदासलाई राष्ट्रियसभाको सदस्य बनाएको स्मरण गर्नुभयो । लक्ष्मीदासको जीवन इतिहासको खुला पाना भएको उहाँको भनाइ थियो । इतिहासमा आफूले खेलेको भूमिका लिपिबद्ध गर्न सके त्यो लिपि जीवनभर बाँचिरहने नेता नेपालले बताउनुभयो ।

    लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रिरत्न मानन्धरले काठमाडौँको ठहिटीमा मध्यम परिवारमा जन्मनुभएका लक्ष्मीदासले आफ्नो बुद्धि, मेहेनत र परिश्रमले एउटा सम्पन्न परिवारको स्थापना गर्नुभएको तर्क गर्नुभयो । स्व लक्ष्मीदासले सामाजिक, धार्मिक, शैक्षिक र औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको उहाँको भनाइ छ ।

    पुस्तकका लेखक द्वय लक्ष्मण अधिकारी र शुभेच्छाविन्दु तुलाधरले लक्ष्मीदासको जीवनको सङ्घर्ष र सफलता तथा परोपकारी कार्यले हरेक मानिसलाई जीवनको अर्थ र मूल्य बुझ्न सघाउने बताउनुभयो । लक्ष्मीदासले आफ्नो जीवनमा गरेका सङ्घर्ष नयाँ पुस्ताका लागि उपयोगी हुने उहाँहरूको भनाइ थियो ।

    स्व लक्ष्मीदासका कान्छा छोरा नारायणदास मानन्धरले पुस्तकमा बुबाको जीवनका पाइला, उतारचढाव र महत्वपूर्ण कार्य स्मरण गराउने कैयौँ महत्वपूर्ण सन्दर्भहरू रहेको बताउनुभयो । उहाँले लक्ष्मीदासको जीवनीबाट हरेक व्यक्तिलाई समाजसेवी र कर्मयोगी बन्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

    सोही अवसरमा नेपाली भाषाका अभियन्ता एवं साहित्यकार दुर्गालाल श्रेष्ठले लक्ष्मीदासका बारेमा लेख्नुभयो कविता वाचन गर्नुभएको थियो । सोही अवसरमा पूर्वमन्त्री जीवनराम श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री एवं सांसद वसन्त मानन्धरको सहभागिता थियो । रासस

    आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer