• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाममा व्यापक चलखेलको प्रयास, अनाधिकृतरूपमा संकलन गरिदै सफ्टवेयर र हार्डवेयरको विवरण


  •   शनिबार, माघ २८, २०७९ मा प्रकाशित
  • सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बर्सेनी हजारौ सरकारी तथा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सुधारको लागि सूचना प्रविधि प्रयोगशाला तथा पुस्तकालय स्थापनाको लागि अर्बौ रकम खर्चदै आएको छ ।

    Advertisement

    केही वर्षदेखि सूरु भएको यस कार्यक्रममा २ अर्बभन्दा बढीको बजेट राखिएको छ । तर, यो कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना हुने गरेको छ भने यस कार्यक्रमको लागि सामान खरिद गर्ने क्रममा ब्यापक चलखेल हुने गरेको पाइएको छ ।

    भर्खरै प्राप्त एक सूचना अनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको नाम राखी सम्पुर्ण स्थानिय निकाय र विद्यालयमा इमेल मार्फत अनाधिकृत रुपमा हार्डवेयर र सफ्टवेयरको बारेमा जानकारी लिने प्रयास गरिएको छ ।

    उक्त इमेलमा स्पेसिफिकेसन अनुसारको प्रडक्टहरु बजारमा उपलब्ध हुन नसकेको हुँदा स्पेसिफिकेसनमा केही संसोधन भएको कारण सफ्टवेयर खरिद गर्दा सफ्टवे्यरको सुपर एड्मिन शिक्षा तथा मानवस्रोत विकास केन्दलाई बुझाउनुपर्ने र केन्द्रले भेरिफाइ गरेपश्चात मात्र खरिद गर्नुपर्ने नियम रहेको जानकारी गराउदै एड्मिन पासवर्डसहित सम्पुर्ण विवरण बुझाउन एक आइपी एड्रेस उपलब्ध गराइएको छ । जबकी यो सूचना आधिकारिक रुपमा केन्द्रले गरेको नभई केन्द्रको नामबाट प्रविन बाबु भट्टराईले इमेल गरेका छन् ।

    उक्त इमेलमा दिइएको आइपी एड्रेसबाट लगइन गर्दा CEHRD Product verification Form खुल्छ तर उक्त फारम कुनै आधिकारिक वेबसाइटमा लिंक छैन ।

    यो किसिमको फारम शिक्षा तथा मानवस्रोत विकास केन्द्रले नराखेको निर्देशक तथा सूचना अधिकृत शुरेश कुमार जोशीले जानकारी दिए । उनीमार्फत विभागको शिक्षा शाखामा बुझ्दा पनि यो आधिकारिक इमेल नभएको र यसबारेमा अनुसन्धान गर्ने सम्बन्धित अधिकारीले जानकारी दिएका छन् ।

    यस फारममा उपलब्ध गराएको शाखा अधिकृतको नाममा प्रविण बाबु भट्टराईको सम्पर्क नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन ।

     

    अनाधिकृतरूपमा पठाइएको इमेलको स्क्रिनशट

     


    यसरी अनाधिकृत रुपमा सूचना संकलन गर्नेगरी स्काम इमेल पठाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उक्त इमेलमा प्रयोग भएको आइपी डिजिटल ओसियन भारतमा होस्ट भएको छ ।

    नेपालका सरकारी वेबसाइट तथा एप्लिकेशन नेपालभित्र सरकारी डेटा सेन्टरमा होस्ट गर्नुपर्ने पनि नियम रहेको छ । तर, यो कुनै किसिमले पनि आधिकारिक जानकारी नभई केही व्यक्तिको मिलेमत्तोमा सम्पूर्ण स्थानीय निकाय र विद्यालयमार्फत सफ्टवेयर र हार्डवेयरको जानकारी लिएर आफुहरुले सिफारिस गर्ने सामान खरिदको लागि प्रभावमा पार्ने अभिप्राय रहेको एक साइबर सुरक्षा विज्ञले बताए ।

    कतिपय समाचारमा विद्यालयमा आवश्यक संरचना नै नभएको तर सामान खरिद गरेर प्रिन्सिपलको घरमा प्रयोग भएको, प्रयोगविहिन भएर बिग्रिएको समाचारहरु पनि आइरहेका छन् । यसबारेमा सरकारी निकाय मौन रहदै आएको छ । यसको अनुगमन प्राय शुन्य रहेको स्वंम विद्यालयहरु नै स्विकार गर्छन ।

    आर्थिक वर्ष २०७९/८० को लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भदौ २९ गतेको निर्णय अनुसार विद्यालयको भौतिक पुर्वाधार विकास सहित प्रयोगशाला र पुस्तकालय स्थापनाको लागि सूचना सार्वजनिक गरेको थियो ।

    उक्त सूचनामा छनौट भएका स्थानिय निकायका ३ हजार ४ सय ७५ विद्यालयहरुको नाम सहित स्पेसिफिकेसन सार्वजनिक गरिएको छ ।

    सोही अनुरुप विभिन्न हार्डवेयर र सफ्टवेयर कम्पनीहरुले आफ्नो प्रडक्ट बिक्री गर्नेगरी सूचना जारी गर्ने, विभिन्न प्लाटफर्ममार्फत मार्केटिङ गर्ने गर्दै आएका छन ।

    तर, केहि सिमित व्यत्तिहरुले ठुलो कमिसनको लागि विभिन्न कसिमले स्थानिय निकाय र विद्यालयलाई प्रभावमा पार्ने प्रयास गरिएको देखिएको छ ।

     

    सरकारले शैक्षिक सुधारको निम्ति भनेर विद्यालयलाई एकसेट अनइनवान पिसी, मिल्टफङ्सन प्रिन्टर, एजकेशनल एभिआर सिस्टम, इन्टिग्रेटेड डिजिटल लाइब्रेरी तथा लर्निङ म्यानेजमेन्ट सिस्टम सहितको खरिदमा ६ लाख ५० हजारको बजेट छुट्याउदै आएको छ ।

    केन्द्रले प्रकाशन गरेको सूचना अनुसार ३४७५ विद्यालयको लागि कुल रकम २ अर्ब २५ करोडभन्दा बढिको बजेट रहेको देखिन्छ ।

    शनिबार, माघ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer