• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक: अध्यक्ष ओली


  •   आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
  • भक्तपुर ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा उहाँले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमाले माथि प्रहार भएको गुनासो गर्नुभयो ।

    Advertisement

    बिनाप्रयास, बिनामिहेनत नलडी कोही विजेता नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत प्रयोग गरेर बौद्धिकजगत्मा हाबी हुन बुद्धिजीवीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनतालाई भ्रममा पार्न, जनतालाई सचेत हुन नदिन केही शक्ति सफल भएका छन्, जनतालाई भ्रममा पार्न खोज्ने, अल्मल्याउने, पथभ्रष्ट पार्न खोज्ने शक्तिको जञ्जालबाट जनतालाई मुक्त गर्न बुद्धिजीवीले बिगुल फुक्नु आवश्यक छ ।”

    बुद्धिजीवीले गलत बाटोमा हिँडेकालाई सही र सुल्टो बाटो देखाउन, परिवर्तन र रुपान्तरणको बाटो देखाउन आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भन्नुभयो, “लगातार सय जना विरोधीले तपाइँको विरोध गरे भने नकारात्मक टिप्पणी गरे भने नआत्तिनूस्, तपाइँको विचारबाट उनीहरु तर्सिए, आत्तिए भन्ने बुझ्नूस् ।”

    बुद्धिजीवीलाई पढ्न, विषयको अध्ययन गर्न र लेख्न आग्रह गर्दै अध्यक्ष ओलीले तयारीका साथ सङ्गठित भएर गलत विचारविरुद्ध सही विचार प्रवाह गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले बुद्धिजीवीलाई निरन्तर लेखिरहन सुझावसमेत दिनुभयो ।

    कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले माओवादी केन्द्रले एमालेमाथि कुठाराघात गरेको आरोप लगाउनुभयो । बुद्धिजीवी परिषद् पार्टीसँग एकाकार भएर अगाडि बढ्ने उल्लेख गर्दै उहाँले एमालेको ग्रासरुट अभियानलाई सफल पार्न लागिपरेको बताउनुभयो ।

    सो अवसरमा परिषद्को साङ्गठानिक प्रतिवेदन महासचिव गजेन्द्रप्रसाद थपलियाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपीकृष्ण न्यौपानेले तथा समसामयिक प्रस्ताव सुशील बिकेले पेस गर्नुभएको थियो भने त्यसमाथि देशभरबाट सहभागीबीच छलफल गरिएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं परिषद्का इन्चार्ज मनोजजङ्ग थापा, परिषद्का उपाध्यक्ष डा दीपेन्द्र भण्डारी, उपमहासचिव गोविन्द्रबहादुर शाहीलगायतले देशको वर्तमान राजनीतिक परिवेशमा बुद्धिजीवीले खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।-रासस

    आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer