काठमाडौं। फरार सूचीमा रहेका पूर्व सभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन भन्दै सरकारी वकिलको कार्यालयमा पुगेको शेर्पालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ
पूर्जी जारी गरेपछि फरार भएका थिए। उनले अहिले साँझ जिल्ला प्रहरी परिसर काठमाडौमा पुगेर आत्मसर्मपण गरेका हुन्। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।यो प्रकरणसँग जोडिएका उनि आरोपीतहरुलाई थुनामा नै
गएर भेटेपछि थप बिबादमा मुछिएका थिए। उनि पूर्वसभासद् हुन । यो प्रकरणसँग जोडिएका अहिलेसम्म १४ जना प्रहरीको हिरासतमा, अब फरार बादलपुत्र र ईन्द्रजितपुत्र दुई जना पक्राउ पर्न बॉकी छ।




