• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भुटानी शरणार्थी प्रकरण टेलिफोन संवाद : भन्छन् ‘हामीलाई दुहुनो गाई बनाएका छन्’


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रक्रिया पनि अघि नबढ्ने र पैसा समेत फिर्ता नहुने स्थितिमा पुगेपछि बल्ल प्रहरी कहाँ जाहेरी परेको खुलेको छ ।

    Advertisement

    अन्तिम समयसम्म पनि ‘पीडित’को समूहले प्रकरणका आरोपीसँग पैसा फिर्ता माग्दै बार्गेनिङ गरिरहेको खुलेको छ, तर आरोपीहरुले बैंक खाताको विवरण मागेपनि फिर्ता नदिएपछि प्रहरीमा उजुरी दर्ता गराएको भेटिएको छ ।

    प्राप्त प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र प्रकरणका आरोपी सन्देश शर्माबीचको टेलिफोन कुराकानी अनलाइनखबरले पाएको छ, जसमा पीडितहरुले दैनिक ताकेता गर्न थालेपछि आफू आजित भएको बुढाथोकीले सुनाएका छन् ।

    बुढाथोकी आफैं पीडित हुन्, तर उनले अरुबाट पनि पैसा उठाएकाले प्रहरीले उनलाई ‘विचौलिया’ पनि मानेको छ । अडियोमा पीडित दैनिक आउन थालेपछि माघको महिनादेखि घरमा ताला लगाएको बुढाथोकीले भनेका छन् ।

    ‘आज ताला लगाएको कति दिन भयो, माघको दिन ताला लगाएको । फागुन, चैत, वैशाख, जेठ, साउन, भदौ असोज जान लाग्यो’, बुढाथोकीले शर्मासँग भनेका छन्, ‘कति महिनासम्म ताला लगाउँ के ! केटाहरु चाहिँ हामीलाई घर देखाइदिनुस्, तपाईं सक्नुहुन्न भने हामी जान्छौं भन्छन् ।’

    शर्माले काम बन्न लागेका बेला कहिले सीडीओ सरुवा, कहिले सहायक सीडीओ सरुवा हुँदा समस्या भएको जवाफ फर्काएका छन् । ‘के कारण हुन्छ दाइ, रातारात सरुवा ? नियतवश हो’, शर्माले भनेका छन्, ‘सबै बार्गेनिङ गर्ने अनि खानलाई हो ।’

    उनले पटकपटक समिति बनाएर समेत आफूहरुलाई दुहुनो गाई बनाएको भनेका छन् । शर्माले प्रकरणका अर्का आरोपी मोरङका केशव दुलालप्रति पनि असन्तुष्टि जनाएका छन् ।

    सचिवालयमा बसेर काम गरिसकेको सिनियर मान्छे भएपनि अभिभावकत्व ननिभाएको उनले जिकिर गरेका छन् । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको निजी सहायक थिए ।

    दुलालले नै प्रहरीमा उजुरी परेपछि आफूलाई भाग् भनेको उनको अडियो सम्वादबाट खुलेको छ । गजेन्द्र प्रश्न गर्छन्, ‘तपाईंलाई भाग भन्ने सचिव हो कि केशव दुलाल हो ?’ जवाफमा उनले ‘दुलाल नि, अरु को हुन्छ’ भन्छन् ।

    भागेर भारत पुगेका शर्मालाई प्रहरीले २९ चैतमा काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

    थप अडियो संवाद जस्ताको तस्तैः

    सन्देश शर्मा : …महाधिवेशन खर्च भनेर मागेपछि मैले तपाईंसँग पठाइदिनु पर्‍यो दाइ भनेको होइन, दाइ ?

    गजेन्द्र बुढाथोकी : हो.. हो..

    सन्देश शर्मा : दुःख त हदसम्म दिएको हो नि त । जति निचोर्न सकिन्छ खाउँ भन्ने सोच हो नि त । यिनलाई टेन्सन दिएपछि मान्छेले घेर्छन् । हामीसँग आउँछन्, बार्गेनिङ गर्छन् । पैसा थप्छन् अनि काम गरौंला हो नि त, दाइ ।

    ‘काम गर्न लागेको हुन्छ, सकिन लागेको हुन्छ । भोलिदेखि विचार गर्ने भन्यो, भोलि सरुवा हुन्छ । ल है काम गरेर सकियो, भोलिदेखि सकिन्छ भन्यो । पर्सी सीडीओ सरुवा हुन्छ है.. । ल भोलिदेखि पर्सी काम सुरु भयो, काम नपाएर सहायक सीडीओ सरुवा गर्दिन्छ अब । कति सहनु भनेको के । नियतवश हो नि त दाइ । के कारण हुन्छ दाइ, रातारात सरुवा गर्ने ?’

    गजेन्द्र : पैसा थप्ने होइन, अब घाँटीमा थप्छन् भन्नुहोला । तपाईं पनि खरो भएर उत्रिनुस् ।

    सन्देश : यिनलाई टेन्सन दिएपछि पैसा थपिहाल्छन्, गरिहाल्छन् भन्ने सोच हो सबैको दाइ । मैले भनेको कि, दुलालको पनि त्यही हो । त्यो भन्दा माथिको पनि त्यही हो । प्रष्ट छु के म त्यो विषयमा बुझ्नु भएन !

    गजेन्द्र : अँ.. अँ…

    सन्देश : ठिकै छ । भोलि छलफल गरेर यो कुरामा १२/१ बजेतिर म फोन गर्छु । भोलि के हुन्छ, यसरी (गर्ने) दाइ भनेर भन्छु । दिने लाइनमा कुरा गरेका छन् । मिलाउनुपर्छ भन्ने छ क्या र ! कि काम गर्नुपर्‍यो कि पैसा फिर्ता दिनुपर्‍यो एक हप्ताभित्रमा ।

    गजेन्द्र : त्यही हो मुख्य कुरा । एक हप्ताभित्रमा कि पैसा देउ, कि मान्छे पठाउँ ।

    सन्देश : त्यही हो ।

    गजेन्द्र : पैसा ब्याजसहित दिनुपर्छ भन्नुस् । मान्छेले मार्छन्, काट्छन् । मान्छेको चाहिँ…

    सन्देश : कतिसम्म दुःख दिएको यार, त्यही त कति दिन टेन्सनमा बस्नु !

    गजेन्द्र : होइन, भोलि फाइनल कुरा गर्नुस् । तपाईंको टिम को–को छ, बस्नुस् । सबै कुरा फाइनल गर्नुस्.. । कतिपटक समिति गठन हुन्छ के ?

    सन्देश : कस्तो कुरा गर्नुहुन्छ ? समिति बनाउने बार्गेनिङ गर्ने खाने हो नि त । दुहुनो गाइ बनाएका छन् हामीलाई । कस्तो कुरो बुझ्नु हुन्न तपाईं । दुहुनो गाइ क्या… ।

    गजेन्द्र : हरेक पटक समिति गठन गरेको छ । हरेक पटक सीडीओको सरुवा गरेको छ । के गर्ने भनेको छ, के गरेको छ । अनेक किसिमको गरेको हुन्छ, बेकारमा…

    सन्देश : काम गर्न लागेको हुन्छ, सकिन लागेको हुन्छ । भोलिदेखि विचार गर्ने भन्यो, भोलि सरुवा हुन्छ । ल है काम गरेर सकियो, भोलिदेखि सकिन्छ भन्यो । पर्सी सीडीओ सरुवा हुन्छ है.. । ल भोलिदेखि पर्सी काम सुरु भयो, काम नपाएर सहायक सीडीओ सरुवा गर्दिन्छ अब । कति सहनु भनेको के । नियतवश हो नि त दाइ । के कारण हुन्छ दाइ, रातारात सरुवा गर्ने ?

    गजेन्द्र : त्यही खाने त हो नि..

    सन्देश : खाने… दुहुनो गाई हामी त ।

    गजेन्द्र : भोलि प्रष्ट हुन भन्नुस् । भोलि मिडिया पनि बोलाउँछु भन्नुस् । जे हुन्छ भोलि हुन्छ । तपाईं नडाउनुस्, म छु यार । यो हप्ताभित्र भएन भने मैले सबै मिडियासँग पनि कुरा गरेको छु । सब मिडियामा फ्याल्स गरिदिन्छु । त्यही हुनमान ढोका अगाडि या कसको छेउमा गएर म सब गराइदिन्छु किन भने मलाई केही छैन क्या ।

    सन्देश शर्मा : मलाई कस्तो भएको होला त, दाइ ! कुरो छोड्दिनु न ।

    गजेन्द्र : तपाईं कमसेकम एक्लै हुनुहुन्छ । तपाईंलाई फोन गर्ने मैले हो । मलाई ६०/६२ जनाको फोन आउँछ । तिनका बाले गर्छन्, आमाले गर्छन् । अनि, छोराछोरीले फोन गर्छन्, कसरी रुन्छन् भनेदेखि के कुरा गर्नु हुन्छ ! के भन्ने अब ।

    सन्देश : बुझिसकेँ, तपाईंको कुरा अब । ठिकै छ दाइ ।

    गजेन्द्र : कमसेकम घर छाड्ने.. आज ताला लगाएको कति दिन भयो ? माघको दिन ताला लगाएको । फागुन, चैत, वैशाख, जेठ, साउन, भदौ असोज जान लाग्यो । कति महिनासम्म ताला लगाउँ के ! केटाहरु चाहिँ दाइ हामीलाई घर देखाइदिनु हामी जान्छौं घर ।

    बुढो मान्छे हो, जानेको छ, बुझेको मान्छे । यत्रो वर्ष सचिवालय बसेको मान्छे भनेको, जाने कुरा भनेको । उल्टो कुरो गर्न थालेपछि रिस उठ्दैन ? – सन्देश शर्मा

    तपाईं सक्नुहुन्न भने हामी जान्छौं भन्छन् । मान्छे मारेर काटेर हुन्न बाबु हेर । पैसा तिमीहरुको आउँछ, पैसा लिने हो । नआत्तिउ भनेर केटाहरुलाई त्यही भनेको हुँ । हिजो तपाईंहरुले त्यही भन्नुभयो । खुशी लाग्यो मलाई पनि । हिजो तपाईंले एकाउन्ट नम्बर मागेको छ भनेर पठाइदिएको छु.. ।

    सन्देश : मागेपछि मैले एकाउन्ट नम्बर पठाइदिएको छु । ल ठिक छ गर्नुस् । ठिक छ, मेरो कारणले डिस्टर्भ भएको छ भने मिलाउनुस् । मलाई बोलाउनुस् भनेको छु । तपाईंको अनुहार नै हेर्दिन म । मिलाउनुस् भनेको छु ।

    गजेन्द्र : यो एकाउन्ट नम्बर माग्ने को हो त ?

    सन्देश : दुलाल, अरु कसले माग्छ ?

    गजेन्द्र : तपाईंसँग थियो मेरो एकाउन्ट नम्बर ?

    सन्देश : पठाउनु भएको थियो त पहिला.. ।

    गजेन्द्र : त्यही हो जतिसक्दो छिटो गर्नुस् । तपाईं पनि धेर झुठ नबोल्नुस् । स्ट्रेट फरवार्ड जानुस् क्या ।

    सन्देश : दाइ म सक्दिन के अब भन्या, बुझ्नु भएन । म सक्दिन के अब यो भन्दा बढी । अति नै भयो क्या । दुनियाँ ठाउँ चोर भनेको छ, ठग भनेको छ । ५० ठाउँ पुगेको छ, उसलाई भन्न लगाएको छ । उसलाई पठाएको छ, त्यसैलाई ख्वाएको छ । कमसेकम तपाईंहरुलाई… ल ठिकै छ, दुलालले केही गर्नुभएको छ र ! गजेन्द्रजी ल यहाँ आउनुस् त, बसेर कुरा गरौं एकचोटी भनेर ।

    उमेरले सानो मान्छे हो, भाइ हो सबै कुरा सल्लाह गरेर गयो । आएको कुरा यति आएको छ । यति दिन्छौं, यसरी दिन्छौं सबै दिन्छौं । हामीले गर्नुैपर्छ । ऊ छैन, ठिक छ । उसलाई पनि टेन्सन भएको छ भन्नुभएको छ र ! उमेर त्यत्रो भएको मान्छे !

    गजेन्द्र : हो त उसले मलाई नचिनेको हो र !

    सन्देश : नचिनेको भए पो त । बुढो भएको मान्छेले गर्ने कुरा त्यही हो ?

    गजेन्द्र : त्यस्तो उमेर भएका मान्छेले पैसा दुनियाँ ठग्दै हिँडेको छ । ….चोर फटाहा । उसले त भने हुन्छ नि त । के हो यो दाङको केश ? किन ? यत्रो पैसा उठाएर किन खाएको ? कहाँ दाइ, मलाई केही थाहै छैन । सबै सन्देशले खाएको हो पैसा । सन्देशसँगै छ व्यवहार म त गजेन्द्रलाई पनि चिन्दिन, कसैलाई पनि चिन्दिन । दाङको पैसा उठाएर खायो भने सन्देशलाई भन्छन् ।

    त्यसमाथि तपाईंको घरको परिवार कुरा आयो । बाउ पनि ठग हो । बाजे पनि ठग हो । दाइ सोझो मान्छे जापानमा काम गरेर खाएको छ । यो चाहिँ ठग्दै हिँडेको छ भन्छन् । अन्तिम अवस्था भइगयो, यही नै हो ठग भन्ने बेला आएपछि मैले पनि के गर्नु त अब !

    सन्देश : ल ठिकै छ । उमेरमा त सबैभन्दा सानो भएको त म नै थिएँ त यार ।

    गजेन्द्र : तपाईं यहाँ हुनुहुन्न ठिकै छ । तर केशव दुलालले यहाँ आएर ल भाइ यसो यसो भयो । यसरी यसरी मिलाउँ । यसरी गरम् । यति पैसा मैले आज दिन्छु । यति पैसा अर्को दिन दिन्छु । यति पैसा मैले ब्याच बोलेको पैसा यति हो भन्नु ।

    सन्देश : दुलालाई मैले भनेकै त्यही हो । तपाईंले गजेन्द्र दाइलाई चिन्नु भएको छ । केही अफ्ठ्यारो छैन । बोलाउनुस्, सहमति गर्नुस् । यति दिनभित्र आउँछ गजेन्द्रजी ! भन्न के लाज छ तपाईंलाई ?

    छैन, त्यो ठग हो, फटाहा हो भन्दै किन हिँड्नु हुन्छ ? अगाडि बोल्नु भएको छ, यार तपाईंले एउटा टेबलमा बस्दा खेरि । भेटेर भन्नुभएको छ, त्यो कुरा खोइ । बोलाउनुस्, सहमति गर्नुस् । काम गर्दै जाँदा अफ्ठ्यारो पर्नसक्छ, कमसेकम भेटेर बोलाएर जिम्मेवारी हो कि होइन ? अभिभावकत्व ग्रहण गर्नुस् भनेको हो क्या मैले ।

    गजेन्द्र : मैले पनि त भनेको छु त ! ठिकै छ । तपाईंहरुले काम गर्नसक्नु भएन, पैसा फिर्ता गर्नुस् । कुरै सक्किगो । कसैलाई ठग भन्ने, कसैलाई चोर भन्ने । यो फाटाहा हो, यो ठग हो । यसले जग्गा किनेको छ । हात्तीवनमा जग्गा यतिको जग्गा किनेको छ । त्यसपछि फलानो ठाउँमा यतिको जग्गा किनेको छ । दुनियाँ भन्दै किन हिँड्नुपर्‍यो ।

    सन्देश : …अर्कालाई दोष थुपार्ने ? आफू.. कमसेकम मेरो नाम जोडेर आयो । ल ठिक छ, मैले गरेको हुँ, भेटेको हुँ । स्वीकारेको हुँ बस्दाखेरि टेबुलमा । पैसा खाएको छ ।

    तपाईंको पैसा बराबर आएको छ, गजेन्द्रजी । टेन्सन नगर्नुस् तपाईं.. भनेको मान्छे एकैचोटी तँ उता जा, हामी मिलाउँछौं… । ल ठिक छ, सिनियर मान्छे हुन् । मभन्दा जानेका होलान् । बुझेका होलान् भनेको त । लास्टमा त मलाई नै चोर बनाइदिए त यार । म आएपछि हेर्छु.. त्यसपछि के गर्नुपर्छ गरौंला है दाइ ।

    गजेन्द्र : त्यही त अब यो चाहिँ तपाईंलाई भाग भन्ने सचिव हो कि केशव दुलाल हो ?

    सन्देश : दुलालले.. अरु कसले भन्छ ?

    गजेन्द्र : यही फटाहा छ त अब । तपाईं यसैको पछि लाग्नु भएको छ । यसले मिलाएन !

    सन्देश : गर्लान् त । यत्रो पैसा लडेर झगडा गरेर हुन्न । मिलाउलान् नि त यार भन्ने कुरा सोच त बनाउनुपर्‍यो नि दाइ । हानाहान गरेर हात भाँच्दिउँला रे । दाँत झार्दिउला रे, के हुन्छ दाइ त्यसको । उल्टै केश हाल्छ त्यसले ! मिल्ला नि त । मिलाउला नि त । सहमति गर्ला नि यार । बुढो मान्छे हो, जानेको छ, बुझेको मान्छे । यत्रो वर्ष सचिवालय बसेको मान्छे भनेको, जाने कुरा भनेको । उल्टो कुरो गर्न थालेपछि रिस उठ्दैन ? (साभार: अनलाईन खबर)

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer