• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नक्कली भूटानी शरणार्थी प्रकरणमा अख्तियार प्रमुख प्रेम राईको संलग्नता


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  •           काठमाडौँ । तत्कालीन गृहसचिव एवं हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्षमा रुपमा मुछिएका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएर हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारीले आफ्नो बयानमा हालका अख्तियार प्रमूख एवं तत्कालीन गृहसचिव प्रमकुमार राईले आफूसँग साढे २ करोड नगद बुझेको दाबी गरेका छन् । भण्डारीले आफूहरुले राईको गाडीको डिक्कीमा रू दुई करोड ३० लाख राखिदिएको बयान दिएका हुन् । राईले आफ्नो गाडीमा पैसा राखिदिन भन्दै थप कुरा तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसँग गर्न भनेको भण्डारीको दाबी छ ।
              नक्कली शरणार्थी प्रकरणमा मुछिएर हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारी, केशव दुलाललगायले बयानमा तत्कालीन गृहसचिव राईले आफूसँग नगद बुझेको दाबी गरेका छन् । उनीहरुले प्रहरी समक्ष दिएको बयान उद्धृत गर्दै स्रोतले देश सञ्चारसँग भन्यो, ‘उहाँको कार्यकक्षमा गएर कुराकानी गरेको र उनकै निर्देशनमा गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएका हौँ ।’ गृह मन्त्रालयले राई गृहसचिव भएकै बेला २०७६ साल जेठमा तेस्रो देश जान बाँकी रहेका भुटानी शरणार्थीको पहिचान गर्न पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । उनी २०७४ चैत २६ देखि २०७६ माघ २० सम्म गृहसचिव रहेका थिए । उक्त कार्यदल नै नक्कली भुटानी शरणार्थी बनाउने गिरोहको योजनाकार भएको तथ्य सार्वजनिक भइरहेका बेला पक्राउ परेका उनीहरुले राईलाई मन्त्रालय नै पुगेर नगद बुझाएको बयान दिएका हुन् । समातिएकाहरुकाे बयानका आधारमा पूर्वगृहन्त्री बालकृष्ण खाँण र राष्ट्रपति कार्यालयका सचिव टेकनाराण पाण्डेलाई पक्राउ गरेर अनुसन्धानमा राखेको छ । हालसम्म खाँण, पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित यो प्रकरणमा १४ जना पक्राउ परिसकेका छन् । स्रोतका अनुसार बयानमा पैसा उठाएको ८० जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नसकेपछि फिर्ता गरेको बताएका छन् । रकम फिर्ता गरे पनि माथिल्लो तहमा बुझाएको रकम भने फिर्ता नपाएको बयानमा उल्लेख गरेका छन् । शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग पुग्ने गरी प्रहरी समक्ष एमाले नेता डा. अजयक्रान्ति शाक्यलाई समेत पैसा दिएको भनेका छन् । मानव सेवा आश्रमका लागि सहयोग स्वरुप दुई करोड ३० लाख रुपैयाँ बुझाएको उल्लेख गरेका छन् । उक्त आश्रमसँग उच्च राजनीतिक नेतृत्वको पारिवारिक सदस्य जोडिएका छन् ।
              भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम पनि पोलिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले राष्ट्रपति र उपराष्ट्रपतिलाई भेटेका छन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान डकुमेन्ट बनाएको गिरोहमा संलग्न भेटिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईले बयानका क्रममा प्रेम राईको पनि नाम लिएपछि राईले बुधबार राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गरेका हुन्। इन्द्रजित राईलाई प्रहरीले मंगलबार पक्रेको हो। बादलका छोरा प्रतिक थापालाई पनि बुधबार नै प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। राईले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामशहाय प्रसाद यादवलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिवदेखि शीर्ष नेता र तीनका परिवारको संलग्नता रहेको खुलासा भएको र अरु धेरै जना तानिन सक्ने बताएका छन्। सोही प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले तीन दिन थुनामा राख्न म्याद पाएको छ। पाण्डे त्यो बेला गृहसचिव थिए।
              अनुसन्धानका क्रममा अन्य सरकारी कर्मचारी र शीर्ष नेता पनि पर्न सक्ने राईको आशंका छ। राई केही समय अघि सम्म गृहसचिव थिए। २०७६ साल जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो। उक्त कार्यदल बन्दा राई गृह सचिव थिए । भुटानी शरणार्थीको समस्या समाधानका लागि कार्यदल गठन हुनुभन्दा अघि नै एजेन्टहरूले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउन थालिसकेका थिए । सोही प्रकरण संलग्नता भएको आरोपमा तत्कालीन उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो, हाल उनीहरु हिरासतमा छन् । गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई १२ चैतमै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। केशव दुलाल २०६६ सालमा कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री बन्दा उनका स्वकीय सचिव थिए। उक्त गिरोहले आठ सय भन्दा धेरै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाएका थिए। एकै परिवारबाट एक करोड ६० लाख रुपैयाँसम्म उठाएका उनिहरुले एक अर्ब ठगी गरेको खुलेको छ। deshsanchar

    Advertisement

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer