काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अमेरिकी रहदानी त्यागेको प्रमाण मागेको छ । सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै निस्सा (प्रमाण) मागेको हो । निवेदक युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्चले निस्सा माग गरेको हो ।
Advertisement
सभापति लामिछाने सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक थिए । २०७९ मा भएको संघिय चुनाबमा चितवन २ बाट ४९२६४ मत सहित बिजय भएका लामिछाने, सर्वोच्च अदालतको बैशाख १३, २०८० को फैसलाले उनको पद खारेज भएको थियो । पुन: उनले दोस्रो पटक सोहि ठाउबाट ५४१७६ मत सहित बिजय भएका थिए ।




