काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीमार्फत ‘गिफ्ट’ भन्दै रकम बुझ्ने ठूलाबडाहरू-
१. तत्कालीन गृहमन्त्री रामबहादुर बादलका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले रू ५ करोडभन्दा बढी बुझेको,
२. तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले रू १ करोड २३ लाख ५० हजार,
३. खॉणका स्वकीय सचिव नरेन्द्र केसीले रू ५ लाख,
४. तत्कालीन गृहसचिव (हाल प्रधानमन्त्री कार्यालय) टेकनारायण पाण्डेले ५० लाख ,
५. तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा एवं उनका स्वकीय सचिव प्रतीक थापाले रू १ करोड बुझेको,
६. पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले किस्ता–किस्तामा गरेर रू ३ करोड,
७. रायमाझीपुत्र सन्दीप रायमाझीको बैंक खातामा रू ४० लाख,
८. प्रम कुमार राईले २ करोड ५० लाख भन्दा बढी,
नक्कली भुटानी शरणार्थी गिरोहले पटकपटक गृह मन्त्रालयको यो गाडीको नम्बर प्लेट फेरेर पैसा र मान्छे ओसार्ने गरेको प्रमाणित भएको छ । हाल उक्त गाडी प्रहरीको नियन्त्रणमा छ । गिरोहका एक सदस्यले भने टोपबहादुर रायमाझीको गाडी प्रयोग गर्ने गर्थे । नक्कली शरणार्थी प्रकरणमा मुछिएर हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारीले आफ्नो बयानमा हालका अख्तियार प्रमूख एवं तत्कालीन गृहसचिव प्रमकुमार राईले आफूसँग साढे २ करोड नगद बुझेको दाबी गरेका छन् । भण्डारीले आफूहरुले राईको गाडीको डिक्कीमा रू २ करोड ३० लाख राखिदिएको बयान दिएका हुन् । राईले आफ्नो गाडीमा पैसा राखिदिन भन्दै थप कुरा तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसँग गर्न भनेको भण्डारीको दाबी छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा नयां-नयां तथ्य फेला पर्ने क्रम जारी छ । (सामाजिक संजाल)




