• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीभित्र चर्को विवाद, देउवा तनावमा


  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता  बालकृष्ण खाँण र आङ्टावाको शेर्पा संलग्नता पुष्टि भएपछि सत्तारुढ दल नेपाली कांग्रेसभित्र विवाद उत्पन्न भएको छ । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पार्टीका पूर्वसभासद् आङ्टावा शेर्पा पक्राउ परिसकेका छन् । पार्टीका यि दुई नेता हिरासतमा छन् भने अन्य केही प्रभावशाली नेताको नाम पनि यो प्रकरणमा जोडिएको अडियो सार्वजनिक भएको छ । सो अडियोका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । अडियोमा सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजू देउवा र बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम उल्लेख गरिएको छ । उनीहरु दुवै जना कांग्रेसका समानुपातिक सांसद पनि हुन् ।

    Advertisement

    खाँणमाथि अनुसन्धान जारी रहँदा अडियोमा नाम मुछिएका आरजूसम्म पनि अनुसन्धान हुन सक्ने भय सभापति देउवामा देखिन्छ । उनी यो अनुसन्धान खाँणभन्दा माथि नपुगोस् भन्नेमा सचेत देखिन्छन् । देउवाले यो विषयमा छलफल गर्न पार्टीको बैठक समेत बोलाएका छैनन् भने प्रहरी नियन्त्रणमा रहेको खाँणलाई निलम्बन गर्ने संकेत पनि देखाएका छैनन् । निलम्बनका विषयमा पार्टी पदाधिकारीबीचमै विवाद देखिएपछि गत बिहीबार दोस्रो दिन बसेको पदाधिकारी बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ । खाँण कांग्रेसको केन्द्रीय सदस्य छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा नै खाँणलाई पदीय जिम्मेवारीबाट निलम्बन गर्ने पक्षमा नभएकाले पदाधिकारी बैठकले निष्कर्ष निकाल्न सकेन । पदाधिकारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानमा सहयोग पुर्‍याउन र पार्टीको छवि जोगाउन खाँणलाई निलम्बन गर्नुपर्ने बताएका थिए । त्यसको चर्को प्रतिवाद गर्दै संस्थापन पक्षीय सहमहामन्त्री महेन्द्र यादवले खाँणलाई फसाउन खोजिएको दाबी गर्दै कुनै पनि हालतमा निलम्बन गर्न नहुने अडान लिएका थिए। खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा केहीछिन चर्काचर्की परेपछि महामन्त्री थापाले खाँण आफैँले अनुसन्धानका लागि सहयोग पुर्याउन जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुपर्ने विकल्प सुझाएका थिए । संस्थापन इतर पक्षले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका कोही पनि उम्किन नहुने पक्षमा छन् । इतर पक्षले खाँणलाई निलम्बन गर्नुपर्ने माग गर्दै आएको छ।

    महामन्त्री गगन थापाले यो विषयमा विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् भने इतर पक्षले यो विषयलाई देशव्यापी अभियानका रुपमा लैजाने तयारी गरेको छ  महामन्त्री थापाको अभियानलाई उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत इतर पक्षका नेताको साथ छ । इतर पक्षका नेताहरू मधु आचार्य, गोविन्द पोखरेल, गुरुराज घिमिरे लगायतको अर्को टोलीले पार्टी रूपान्तरणका लागि भन्दै अर्को अभियान थालिसकेका छन् । देउवा पत्नी आरजू राणा र खाँण पत्नी मञ्जुले गिरोहबाट पैसा लिएको भनिएको अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेकै बेला पार्टी प्रवक्ता डा. प्रकाशरण महतले भने पत्रकार सम्मेलनमार्फत नै प्रतिरक्षा गरेपछि संस्थापन इतर पक्ष झस्किएको हो ।

    नामको अगाडि डाक्टर लेख्ने, पाँचपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवापत्नी आरजु देउवाको नाम वर्तमान नेपालमा पक्राउ परेका टोपबहादुर र बालकृष्णभन्दा ज्यादा चर्चामा छ । भनिन्छ, सुनिन्छ कि आरजु राणाले शेरबहादुरको शक्तिको आडमा करोडौँकरोड भ्रष्टाचार गरेकी छिन् । मन्त्री बनाउँदा, सांसद् पदको टिकट बाँड्दा, प्रहरी सरूवा र बढुवा गर्दा यिनले पैसा नलिई काम गर्दिनन् र अरुलाई पनि गर्न दिन्नन् । यतिबेलाको चर्चा यही छ कि गृहमन्त्रीको नाम बालकृष्ण खाँडको काम भने आरजु राणाको अर्थात् अदृश्य गृहमन्त्री भएर आरजुले करोडौँ रकम कुम्ल्याइन् र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि यिनले बालकृष्ण खाँडलाई फसाइन् । यसो पनि सुनिन्छ कि आफूलाई आरजुले फसाएको हुँदा बालकृष्ण पनि आरजुको संलग्नताबारे मुख खोल्ने पक्षमा छन् । यो अन्दाजलाई पुष्टि हुने किसिमले आरजुले आत्तिएर केही सञ्चारमाध्यमलाई बोलाएर अन्तर्वार्ता दिने क्रममा आफ्नो छोरो जयवीरसिंह देउवाको कसम खाएरै आफूले भुटानी शरणार्थी काण्डमा कौडीसमेत नलिएको आत्तिँदै बताएकी छिन् । राणाकी छोरी बन्दुक राख्छु भन्दै दिनदहाडै दुनियाँलाई धम्क्याउने आरजु भाउजू जिन्दगीभरि मनलाग्दी गर्दै आएको अवस्थामा यसपटक भने उनको रातको निद्रा र दिनको भोक हराएको विश्लेषण काठमाडौँका विश्लेषकहरुले गरेका छन् । त्यतिमात्रै होइन, पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुरसमेत श्रीमतीको कारण निकै तनावमा रहेको देखिन्छ । असल र ईमान्दार कांग्रेसी कार्यकर्ताहरुको विरोधका बाबजुद पनी देउवा निकै तनावमा छन् ।

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल असार २ गते (१६

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer