☰
शुक्रबार, कार्तिक ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

वैकुण्ठ मानन्धर: नामै काफी छ


  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली खेलकुदमा वैकुण्ठ मानन्धरको नामै काफी छ । एथलेटिक्सका सदाबहार खेलाडी मानन्धरको दैनिकी अहिले पनि बिहानै दशरथ रङ्गशालाबाट सुरु हुन्छ । उमेरले ७१ वर्ष काटे पनि उहाँको जोस १८-२० वर्षे युवाको भन्दा कम छैन ।

    Advertisement

    आफ्नै घर कालीमाटीदेखि दशरथ रङ्गशालासम्म दौडँदै आउँने र दशरथ रङ्गशालाको ट्रयाकमा केही फन्को लगाएर फेरि घरमा फर्कने उहाँको अहिलेको दैनिकी हो ।

    खेलाडी हुँदै प्रशिक्षकको रूपमा उमेर हदका कारण ‘रिटायर्ड’ भएको पनि धेरै भइसक्यो । तर, जागिरबाट ‘रिटायर्ड’ भए पनि उहाँ एथलेटिक्सबाट ‘टायर्ड’ हुनुभएको छैन । स-साना खेलाडीलाई खेलमा लाग्न र आफूजस्तै खेलाडी बनाउन अहिले पनि मानन्धर देश दौडाहामा निस्कनु हुन्छ ।

    खेलाडी, प्रशिक्षक, मेन्टर र एथलेटिक्स खेलाडीको हरेक क्षणमा सहयोगीको भूमिका निर्वाह गर्दै आउनुभएका मानन्धरले दौडबाटै आफूले सबै चिज पाएकाले जीवनको अन्तिम क्षणसम्म यही खेलमा लगानी गर्न चाहेको बताउनुभयो ।

    नेपालले ओलम्पिक, दक्षिण एसियाली खेलकुद (साग), विश्व च्याम्पियनसिप, एसियाली च्याम्पियनसिप जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्दा सधैँ मानन्धरकै नाम अगाडि आउँछ ।

    सन् १९८४ मा नेपालबाटै सुरु भएको साग खेलकुदमा मानन्धरले पहिलो संस्करणमै स्वर्ण जितेर वाहवाही बटुल्नुभयो । उहाँले सागमा लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उहाँ पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।

    सन् १९८७ मा भएको तेस्रो सागमा उहाँले म्याराथनमा दक्षिण एसियाकै कीर्तिमान रच्नुभयो । त्यति बेलाको उहाँको दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिलेसम्म कुनै पनि दक्षिण एसियाका खेलाडीले भङ्ग गर्न सकेका छैन । मानन्धर नेपालबाट लगातार चार पटक ओलम्पिक खेल्ने खेलाडी पनि हुनुहुन्छ । यो कुनै पनि खेलाडीका लागि ठूलो सफलता हो ।

    उहाँले सन् १९७६, १९८०, १९८४ र १९८८ मा लगातार नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकमा नेपालको झण्डा फहराउनुभएको थियो । नेपाली खेलकुदमा सबै खाले पुरस्कार र मानपदवी पाउनुभएका मानन्धर खेलकुदको विकासमा सरकारले चाहेजति ध्यान दिन नसकेको बताउनुहुन्छ ।

    ‘‘पहिला भन्दा खेलाडीलाई केही सुविधा त बढेको छ । तर महँगी पनि उत्तिकै छ । खेलाडीलाई अहिले भइरहेको सुविधाले पुग्दैन । खेलकुदको संरचना निर्माण, खेलाडीको तयारी र प्रशिक्षण, खेलाडीलाई तलब भत्ता जस्ता विषयमा राज्यले ध्यान दिन सकिरहेको छैन । खेलको समयमा पदकको कुरा गर्ने तयारीको समयमा आँखा चिम्लने गर्नुहुन्न,’’ मानन्धरले भन्नुभयो ।

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer