• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वैकुण्ठ मानन्धर: नामै काफी छ


  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली खेलकुदमा वैकुण्ठ मानन्धरको नामै काफी छ । एथलेटिक्सका सदाबहार खेलाडी मानन्धरको दैनिकी अहिले पनि बिहानै दशरथ रङ्गशालाबाट सुरु हुन्छ । उमेरले ७१ वर्ष काटे पनि उहाँको जोस १८-२० वर्षे युवाको भन्दा कम छैन ।

    Advertisement

    आफ्नै घर कालीमाटीदेखि दशरथ रङ्गशालासम्म दौडँदै आउँने र दशरथ रङ्गशालाको ट्रयाकमा केही फन्को लगाएर फेरि घरमा फर्कने उहाँको अहिलेको दैनिकी हो ।

    खेलाडी हुँदै प्रशिक्षकको रूपमा उमेर हदका कारण ‘रिटायर्ड’ भएको पनि धेरै भइसक्यो । तर, जागिरबाट ‘रिटायर्ड’ भए पनि उहाँ एथलेटिक्सबाट ‘टायर्ड’ हुनुभएको छैन । स-साना खेलाडीलाई खेलमा लाग्न र आफूजस्तै खेलाडी बनाउन अहिले पनि मानन्धर देश दौडाहामा निस्कनु हुन्छ ।

    खेलाडी, प्रशिक्षक, मेन्टर र एथलेटिक्स खेलाडीको हरेक क्षणमा सहयोगीको भूमिका निर्वाह गर्दै आउनुभएका मानन्धरले दौडबाटै आफूले सबै चिज पाएकाले जीवनको अन्तिम क्षणसम्म यही खेलमा लगानी गर्न चाहेको बताउनुभयो ।

    नेपालले ओलम्पिक, दक्षिण एसियाली खेलकुद (साग), विश्व च्याम्पियनसिप, एसियाली च्याम्पियनसिप जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्दा सधैँ मानन्धरकै नाम अगाडि आउँछ ।

    सन् १९८४ मा नेपालबाटै सुरु भएको साग खेलकुदमा मानन्धरले पहिलो संस्करणमै स्वर्ण जितेर वाहवाही बटुल्नुभयो । उहाँले सागमा लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उहाँ पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।

    सन् १९८७ मा भएको तेस्रो सागमा उहाँले म्याराथनमा दक्षिण एसियाकै कीर्तिमान रच्नुभयो । त्यति बेलाको उहाँको दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिलेसम्म कुनै पनि दक्षिण एसियाका खेलाडीले भङ्ग गर्न सकेका छैन । मानन्धर नेपालबाट लगातार चार पटक ओलम्पिक खेल्ने खेलाडी पनि हुनुहुन्छ । यो कुनै पनि खेलाडीका लागि ठूलो सफलता हो ।

    उहाँले सन् १९७६, १९८०, १९८४ र १९८८ मा लगातार नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकमा नेपालको झण्डा फहराउनुभएको थियो । नेपाली खेलकुदमा सबै खाले पुरस्कार र मानपदवी पाउनुभएका मानन्धर खेलकुदको विकासमा सरकारले चाहेजति ध्यान दिन नसकेको बताउनुहुन्छ ।

    ‘‘पहिला भन्दा खेलाडीलाई केही सुविधा त बढेको छ । तर महँगी पनि उत्तिकै छ । खेलाडीलाई अहिले भइरहेको सुविधाले पुग्दैन । खेलकुदको संरचना निर्माण, खेलाडीको तयारी र प्रशिक्षण, खेलाडीलाई तलब भत्ता जस्ता विषयमा राज्यले ध्यान दिन सकिरहेको छैन । खेलको समयमा पदकको कुरा गर्ने तयारीको समयमा आँखा चिम्लने गर्नुहुन्न,’’ मानन्धरले भन्नुभयो ।

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer