• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अख्तियार प्रमुख राईलाई सांडे दुई करोड दिदाको ‘भिडियो–अडियो’ प्रहरीलाई दिएका छौं: दुलाल


  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका दुलाल र ललितपुरका भण्डारीलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको बयान लिइरहेको छ।

    Advertisement

    उनीहरूसहित पाँचथरका टेक गुरुङ र मोरङका सागर थुलुङ राई पनि उपत्यका प्रहरीले पक्राउ गरेको थियो। बयानका क्रममा दुलालले तत्कालीन गृहसचिव राईको गाडीमा पैसा राखिदिएपछि भिडियो बनाएको र त्यो भिडियो आफूहरूले प्रहरीलाई सुम्पिएको दाबी गरेका छन्।

    बिचौलियाहरूले आफ्नो समूहले गृह मन्त्रालयको कार्यकक्षमा तत्कालीन सचिव राईलाई भेट्दा ‘पार्किङको गाडीमा साढे दुई करोड रुपैयाँ राखिदिएको सूचना’ दिएको बयानमा भनेका छन्। आफूहरूको बयानलाई प्रहरीले गम्भीर रुपमा नलिएको भन्दै गिरोहका नाइके दुलाल प्रहरी अधिकारीसँग असन्तुष्ट छन्।

    त्यतिखेर गृहमन्त्रालमा तत्कालीन गृहसचिव राई र आफूहरूबीच भएको गोप्य कुराकानीको अडियो बनाएको र त्यो अडियो पनि भिडियोसँगै प्रहरीलाई दिएको दुलालको दाबी छ। तर प्रहरी शक्तिकेन्द्रको दबाब कारण राईलाई नजरअन्दाज गर्दै आएको अभियुक्तहरूको गुनासो रहेको सरकारी वकील कार्यालयका एक अधिकारीले बताएका छन्।

    उनीहरूले बयानका क्रममा बारम्बार अख्तियार प्रमुख राईको नाम मुछिरहेका छन् । तर राईसमेत जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाहरूबाट ‘भिडियो–अडियो’ पाउँदासमेत प्रहरी मौन छ ।

    नक्कली शराणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सुरक्षाविद् इन्द्रजित राई, शमसेर मिँया, सचिव टेकनारायण पाण्डे, पूर्वसांसद् आङतावा शेर्पासहित १५ जना पक्राउ परिसकेका छन् । त्यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजीतका छोरा निरज भने फरार छन् ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले हालसम्म १५ जना आरोपितलाई पक्राउ गरेको छ ।

    नेपाल प्रहरीले आज नेपाल हज समितिका अध्यक्ष शमसेर मिँया पक्राउ गरेसँगै यो संख्या १५ पुगेको हो ।

    नक्कली शरणार्थी प्रकरणमा एमालेका निलम्बित पार्टी सचिव टोपबहादुर रायमाझी देखि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खांणसमेत रहेका छन् ।

    पक्राउ परेकाहरुलाई प्रहरीले सरकारी वकिलको रोहवरमा बयान लिएको छ भने हिजो थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती लिएको छ ।

    हालसम्म को को पुगे प्रहरी हिरासतमा

    नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका मध्ये हालसम्म १५ जना प्रहरी हिरासतमा पुगेका छन् जसमा दुई पूर्वमन्त्री देखि नेपाल सरकारका सचिवसमेत रहेका छन् ।

    हालसम्म प्रहरी हिरासतमा पुग्नेहरुमा नेपाली कांग्रेसका नेताद्धय बालकृष्ण खांण र आङटावा शेर्पा रहेका छन् । जसमा खांण पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री हुन् भने शेर्पा २०७० को संविधानसभा सदस्यमा रामेछाप १ बाट निर्वाचित भएका थिए ।

    त्यस्तै नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, प्रहरी हिरासतमा छन् भने पक्राउपूर्जी पारी भएका तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक थापा फरार रहेका छन् ।

    त्यस्तै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेपनि हाल प्रहरी हिरासतमा रहेका छन् ।

    प्रहरी हिरासतमा पुग्ने अन्य व्यक्तिहरुमा खांणका नीजि सचिव नरेन्द्र केसी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल,शमसेर मिँया र सानु भण्डारी रहेका छन् । पक्राउ पुर्जी जारी गरिएका अन्य दुईजना फरार छन् ।

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer