☰
मङ्गलबार, कार्तिक ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राजेश हमाल र शिव श्रेष्ठ एउटै फिल्ममा: सरोज खनाल


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । अभिनेता तथा निर्देशक सरोज खनालले समकालीन कलाकारद्वय राजेश हमाल र शिव श्रेष्ठ लाई लिएर फिल्म बनाउने भएका छन् । हिमालय टिभी एचडीको कार्यक्रम सेलेब्स टकसँगको कुराकानीमा उनले नयाँ फिल्मको घोषणा गर्दै दशैंपछि छायांकन सुरु हुने जानकारी दिए ।

    Advertisement

    यो फिल्मलाई ‘नाइँ नभन्नु ल’ फेम्ड विकासराज आचार्य र खनाल दुवैले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । ‘हिजोसम्म १४ सिन लेखेर सकियो । विकासजी र मिलेर निर्देशन गर्दैछौं,’ उनले भने । यो फिल्ममा सरोजसहित राजेश र शिव तीन समकालीन कलाकारले अभिनय गर्ने भएका छन् । ‘हामी तीनैजना समकालीन कलाकार यसमा देखिंदैछौं,’ उनले भने ।

    ‘अहिले हामी स्क्रिप्टमै छौं । विकासजीले स्टोरी सुनाउने बित्तिकै मेरो दिमागमा एउटा रोलको लागि राजेशजीको अनुहार याद आयो । त्यो अलिकति अनौठो खालको रोल छ । अहिलेसम्म राजेशजीलाई कसैले पनि त्यो रोलमा देख्नुभएको छैन,’ उनले भने, ‘उहाँले यदि खेल्दिन भन्नुभयो भने हामीले दोस्रो अप्सन सोच्छौं ।’

    फिल्ममा राजेश र आफ्नो समानान्तर भूमिका हुने पनि उनले जनाए । अर्को एक भूमिकामा शिवलाई लिने सोच बनाइरहेको सरोजले बताए ‘शिव दाइको बारेमा पनि एउटा रोल छ । ५० कटेका हामी तीन कलाकार एउटै फ्रेममा हुनेछौं,’ उनले भने । अभिनेत्रीबारे निधो नभइसकेको उनले बताए । ‘नाइँ नभन्नु ल ६ बनाउनुअघि पनि यो फिल्म गर्ने कि भनेर सोचेका थियौं । त्यतिबेला प्रियंकाजीलाई लिने कुरा थियो र अब चेन्ज हुन्छ होला,’ उनले भने ।

    उक्त अन्तर्वार्तामा खनालले आफूलाई प्रचण्ड र देउवाले चुनावका लागि अफर गरेको तर आफूले अस्वीकार गरेको बताएका छन् । ‘अहिलेसम्म म मन्त्री भइसक्थें,’ उनले भने । साथै, सन् १९९१ को फिल्म अवार्डलाई आफूले रिजेक्ट गर्दा विवाद निम्तिएको स्मरण पनि उनले गरेका छन् ।

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer