• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

संलग्नता खुले पनि यी चार भीआईपीको नामै नलिई मुद्दा बुझाउने तयारी


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • कठमाडौं । नक्कली शरणार्थीका नाममा भएको ठगी प्रकरणमा नाम जोडिएका चार जनाविरुद्ध अभियोग दर्ता नहुने भएको छ। अनुसन्धानको अन्तिम चरणमा पुगेको प्रहरीले आरोपितले नाम लिएका र प्रमाण समेत भेटिएका चार जनालाई भने प्रतिवादी नबनाउने भएको हो।

    Advertisement

    पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापाको नाम मुछिए पनि उनीविरुद्ध अभियोग दर्ता नहुने भएको छ। बिचौलियाले उनलाई रकम नै दिएको बयान दिएका छन्। इन्द्रजित राईको मोबाइलबाट समेत उनी संलग्न रहेको प्रमाण फेला परेको छ।

    यस्तै, इन्द्रजितबाटै पूर्वगृहसचिव प्रेमकुमार राई संलग्न रहेको भन्ने खुलेको छ । उनी हाल अख्तियार प्रमुख छन्। राईविरुद्ध पनि प्रहरीले मुद्दा नचलाउने भएको छ । बिचौलियाले नगद लगेर तत्कालीन सचिव राईको गाडीमा राखिदिएको बयान दिएका छन् ।

    थापा गृहमन्त्री र राई गृहसचिव हुँदा नै ठगीको शृंखला सुरु भएको थियो । थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई हुन् । जसले करोडौँ असुलेको प्रमाण प्रहरीले फेला पारिसकेको छ । थापाका छोरा प्रतीकलाई भने प्रहरीले फरारको सूचीमा राखेर मुद्दा चलाउने भएको छ ।

    उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी पनि फरार छन् । उनीहरुले पनि रकम असुलेको खुलेको छ ।

    तत्कालीन गृहमन्त्री र सुरक्षा सल्लाहकारका छोराविरुद्ध मुद्दा चले पनि गृहसचिव र गृहमन्त्रीलाई भने जोगाउने तयारी भएको हो ।

    नक्कली भुटानी शरणार्थीका नाममा अध्ययन गरी प्रतिवेदन बुझाउन भन्दै २०७६ जेठमा थापा गृहमन्त्री हुँदा नै कार्यदल गठन गरिएको थियो । कार्यदल गठनबाटै ठगीको डिजाइन गरेको पाइएको छ ।

    २०७६ जेठ ३० गतेको मन्त्रिस्तरीय निर्णयबाट भुटानी शरणार्थीको समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै पूर्वसहसचिवको नेतृत्वमा एउटा कार्यदल बनाइएको थियो ।

    पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा रहेको कार्यदलमा गणेशबहादुर केसी सदस्य र तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए ।

    केसीलाई बिचौलियाको चाहनामा समितिमा घुसाइएको थियो । समितिलाई कार्य प्रारम्भको २ महिनाभित्र वैकल्पिक उपायहरुको सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न ६ वटा बुँदामा कार्यादेश दिइएको थियो ।

    सोही कार्यदलको प्रतिवेदनमा घुसेर नेपालीलाई शरणार्थी भन्दै अमेरिका पठाउने नाममा ठगी भएको खुलेको छ । तर यो निर्णयमा संलग्न देखिएका बादल र राईविरुद्ध अभियोग नलगाउने तयारी प्रहरी र सरकारी वकिलले गरेको हो ।

    यस्तै मञ्जु खाँण र आरजु राणाको नाम पनि अभियोगमा नहुने भएको छ । उनीहरुले पनि रकम बुझेको बिचौलियाले दाबी गरेका थिए । यस्तै म्यासेजमा समेत उनीहरु संलग्न रहेको भेटिएको अनुसन्धान अधिकारीले बताए ।

    खाँणको मोबाइलबाट समेत थप खुलेको छ । मोबाइल डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरिसकिएको छ । रिपोर्टमा मञ्जु र आरजुको बारेमा समेत नाम उल्लेख रहेको सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए ।

    ‘म्यासेज र अडिओमा उहाँहरुको पनि नाम देखिएको छ । बिचौलिया र मन्त्रालयका अधिकारीको बीचमा भएको कुराकानीमा प्रष्ट देखिन्छ । तर अहिले उहाँविरुद्ध भने अभियोग दर्ता हुँदैन । हामी प्रहरीलाई थप प्रमाण जुटाउन भन्छौं’, सरकारी वकिल कार्यालयका अधिकारीले भने ।

    मोबाइल परीक्षणको रिपोर्टमा इन्द्रजितको मोबाइलबाट रामबहादुर थापा र प्रेमकुमार राईको संलग्नता देखिने ती अधिकारीले बताए ।

    ‘बालकृष्ण र टेकनारायणबीचको कुराकानीबाट आरजु र मञ्जुको संलग्नता खुल्छ। तर थप प्रमाण नहुँदा मुद्दा चलाउनेसम्मको अवस्था तत्काललाई देखिएको छैन,’ उनले भने ।

    उनीहरुको बारेमा अरुले नै कुरा गरेको र अडिओ पनि त्यस्तै भएकाले त्यही आधारमा तत्काल पक्राउ गर्न नसकिएको अनुसन्धान अधिकारी बताउँछन् । यो प्रकरणमा नाम जोडिएपछि कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजुले इन्कार गर्दै आएकी छन् । अन्यले भने यस विषयमा बोलेका छैनन्।

    प्रहरीले भने तत्काल मुद्दा नचलाउने व्यक्तिमाथि पनि निगरानी गरिरहेको जनाएको छ ।

    ‘उनीहरुविरुद्ध तत्काल मुद्दा चलाउनेसम्मको प्रमाण जुटेको छैन। त्यही भएर अहिले उल्लेख नगरिने भएको छ। तर हामी प्रमाण जुटाउन लागिरहन्छौँ। जुन दिन प्रमाण जुट्छ, त्यसदिन पक्राउ गरेर अनुसन्धान गर्ने विकल्प बन्द हुँदैन,’ ती अधिकारीले भने।

    २५ बढीलाई प्रतिवादी बनाउने
    अहिले भने प्रहरीले २५ जनाजतिलाई प्रतिवादी बनाउने तयारी गरेको छ। अहिले १४ जना पक्राउ परेका छन् । अरु १२÷१३ जना फरार रहेको प्रहरी अधिकारीले बताए । फरार रहेकामध्ये पनि मुख्य प्रतीक र निरज हुन् ।

    अन्य सामान्य बिचौलिया रहेको ती प्रहरी अधिकारीले बताए । पक्राउ परेका व्यक्तिलाई फाइलसाथ अदालतमा पेस गरिने छ । फरार रहेकालाई फरार नै उल्लेख गरेर अभियोग दर्ता हुने छ ।

    जिल्ला अदालत काठमाडौंले बुधबार मात्रै यो प्रकरणमा अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ । यो मुद्दामा ५३ दिनदेखि अनुसन्धान जारी छ  । चैत १२ गते पहिलो पटक ३ जना पक्राउ परेका थिए । सोही मितिबाट ६० दिनभित्रमा यो मुद्दाको अभियोग अदालतमा दर्ता गर्नुपर्नेछ ।

    सुरुमा बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए । पछि सागर राई र सन्देश शर्मालाई पक्राउ गरिएको थियो । २२ दिनसम्म थप व्यक्ति पक्राउ परेनन् ।

    पछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेसँगै मुद्दामा थप चासो बढेको हो । त्यसपछि थप भीआईपी तानिएका हुन् ।

    वैशाख २० गते पूर्वगृहसचिव र हाल प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएका सचिव टेकनारायण पाण्डे पक्राउ परे । त्यसै दिन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गर्यो ।

    वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका थिए । ११ दिनदेखि फरार रहेका टोपबहादुर रायमाझीलाई प्रहरीले वैशाख ३१ गते पक्राउ गरेको थियो ।

    गत सोमबार आङटावा शेर्पा आफैं प्रहरी कार्यालय पुगे । त्यसअघि दुई बिचौलिया रामशरण केसी र गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

    हालसम्म १४ जना पक्राउ परेका छन् । उनीहरुलाई ६ वटा हिरासतमा छुट्टाछुट्टै राखिएको छ । यीमध्ये १३ जनाको बयान सकिएको छ । तर सोमबार पक्राउ परेका शेर्पाको भने बयान बाँकी छ । उनको बयानसँगै प्रहरीले अनुसन्धान प्रतिवेदन अदालतमा पेस गर्नेछ । त्यसको केही दिनमा सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दर्ता गर्नेछ ।

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer