• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विराटनगरमा रेल झैं कुद्छन् स्कुलका बस


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरका व्यस्त सडकमा विद्यालयका थुप्रै बसले बालबालिकालाई विद्यालयसम्म पु¥याउने र ल्याउने गर्दछन् । विराटनगरमा संस्थागत विद्यालयको संख्या ९४ छन् । महानगरको तथ्यांकमा भने संस्थागत विद्यालयको संख्या ९९ रहेका छन् । यस्तै सामुदायिक विद्यालयको संख्या ७६ रहेको छ ।

    Advertisement

    प्राय? संस्थागत विद्यालयले आफ्नै बस प्रयोग गरेर विद्यार्थीलाई सुविधा दिएका छन् । विद्यालय मात्रै नभई प्लस टु तर्फका कलेजका समेत आ–आफ्नै बस रहेका छन् । ठूला भनिएका विद्यालय र प्लस टुमा पाँचवटा भन्दा बढीको संख्यामा बसहरु रहेका छन् । सामुदायिक विद्यालयतर्फ पनि अहिले बस सेवा सुरु गरिएको छ ।

    विराटनगरका सडकमा कलिला बालबालिकालाई सुविधा दिन विद्यालयले प्रयोग गर्ने बसको गति भने रेल झैं हुने गरेको छ । बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म विराटनगरका मुख्य तथा सहायक सडकमा विद्यालयका बस दौडिने गर्दछन् । बाँकी आम सर्वसाधारणको यात्रा भने निक्कै असजह हुने गरेको छ । विद्यालयका बसका कारण मात्रै अहसज भने भएको हैन । बालबालिका बोकेर सडकमा दगुर्ने बसका चालकको हतारो यति बिघ्न देखिन्छ, मानौं की सार्वजानिक सवारीमा कुनै यात्रु छुट्छन् र भाडा कम उठ्छ भने झैं विद्यालयका बस चलाइन्छ ।

    विराटनगर महानगरपालिकामा संस्थागत तथा सामुदायिक विद्यालयका बस जथाभावी चलाउँदा दुर्घटनाको जोखिम मात्रै नभई सडकमा यात्रा गरिरहेका अन्यहरुका लागि आतंक सिर्जना हुने गरेको हो । स्कुल बसका चालकहरुको हेपाहा प्रवृत्तिको शिकार हुनु परेको स्थानीय मुरारी रेग्मी बताउछन् ।

    विराटनगरको युवा अभियान्ता सविन दाहाल बालबालिका बोकेको स्कुल बसले हतारमा सवारी चलाउनु गलत रहेको बताउछन् । उनले यसका लागि ट्राफिक प्रहरी, महानगर प्रहरीले व्यवस्थापन गर्नुपर्ने बताए । स्कुल बसलाई व्यवस्थित गर्न नसके ठूलो दुर्घटना वेहोर्नुपर्ने अवस्था आउने र साँघुरो सडकमा पनि तीव्र गतिमा चल्ने बसलाई स्थानीय सरकारले नियमन गर्नु पर्नेमा उनको सुझाव छ ।

    यस्तै विराटनगरकी आस्था यादवले तीव्र गतिमा चलेको स्कुल बसले घरमा पालिएको कुकुरलाई समेत मारिदिएको गुनासो गरेकी छिन् । उनले समाजिक सञ्जाल फेसबुकमा मृत कुकुरको फोटो पोष्ट गर्दै क्याप्सनमा लेखेकी छिन्,‘मेरो बच्चालाई मारिदियो, एभरेष्ट स्कुलसम्म पुगोस् यो खबर, यस्ता ड्राइभर भएपछि दिनदिनै कतिलाई मार्छन् ।’

    जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुनिल श्रेष्ठले स्कुल बसलाई पनि चेकजाँच गरिने बताएका छन् । उनले धेरैको गुनासो आईरहेको बताउँदै चालकको चालचलन, लाइसेन्स, गाडीको कागजातको विषयमा चेकजाँच गरिने बताएका हुन् । ‘कतिपय स्कुलका चालकहरुको सवारी चालक अनुमपति पत्र विना पनि कुदाइरहेको र कतिपयको नविकरण नभएको यस अगाडीको चेकजाँचमा समेत फेला परेपछि कारवाहीको दायरामा ल्याइएको प्रहरी निरीक्षक श्रेष्ठको दावी छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयले विद्यालयका सवारी चलाउने चालक तथा सहयोगीलाई राखेर सचेतनामुलक कार्यक्रम समेत गरिरहेको जानकारी दिएका छन् । ‘हामीले स्कुलमा गएर चालक, सहयोगीहरुलाई कुरा गरिरहेका छौँ,सचेतना मूलक कार्यक्रम पनि गरेका छौँ ।’
    उनले ट्राफिक सप्ताहको कार्यक्रम गर्ने योजना रहेको बताए । यसअघि स्कुल बसको विषयमा सर्वसाधरणको गुनासो आएकाले स्कुल बसमा अप्रेशन नै चलाएको बताए । उनले भने,‘अहिले पनि गुनासोहरु आईरहेका छन्, ट्राफिक प्रहरीले निगरानी समेत गरिरहेका छ ।

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer