काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे । फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।
जित पछि संजालमा बधाई दिदै भनिएको छ “भ्वाइस किड्स नेपाल सिजन २ (The Voice Kids Nepal Season-2) को उपाधि जित्न सफल स्पन्दन सुब्बालाई हार्दिक बधाई एवं उज्ज्वल सांगीतिक करियरका लागि धेरै-धेरै शुभकामना । हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले भ्वाइस किड्स नेपालको कठिन प्रधिस्पर्धामा आफुलाई अब्बल सावित गर्नुभएको छ।उपाधिसँगै उहाँले नगद रू १५ लाख रूपैयाँ र अरू थुप्रै पुरस्कार जित्नुभएको छ। साथै, फाइनलमा पुग्न सफल अन्य सवै ७ जना प्रतिस्पर्धीलाई पनि आगामी सांगीतिक यात्राका लागि शुभकामना।”

Advertisement




