• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खाँण राखिएको कोठाको झ्याल खुल्यो, एक मिनेट कुरा गर्न अनुमती


  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असूली गरेको गिरोहसँग साँठगाँठ देखिएको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँण अहिले प्रहरी नियन्त्रणमा छन् ।

    Advertisement

    जिल्ला प्रहरी परिसर, टेकुले उनलाई अन्य अपराधका आरोपीहरुसँगै नियमित हिरासतमा त राखेको छैन । तर, पहिले डीएसपीहरु बस्ने कोठा खाली गराएर प्रहरीले उनलाई बन्द कोठाभित्र राखेको छ । यिनै गृहमन्त्री खाँणलाई भेट्न शुक्रबार अपराह्न कांग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्मा, नेतृ लक्ष्मी परियारलगायत जिल्ला प्रहरी परिसर, टेकु पुगे । प्रहरीले दुवै जनाको नाम अभियुक्तलाई भेट्न आउनेको नाम भएको पुस्तिकामा टिप्यो र उच्च अधिकृतहरुसँग भेटघाटका लागि अनुमति माग्यो ।

    प्रहरी अधिकृतहरुले ‘पूर्वगृहमन्त्रीज्यूलाई भेट्न माननीयज्यूहरु आउनु भएको छ’ भन्दै उच्च अधिकृतहरुलाई बताए । त्यसपछि अन्यलाई झैँ झ्यालबाट भेटघाट गर्न दिन अनुमति दिइयो । त्यसअनुसार खाँणलाई राखिएको कोठाको झ्याल खुल्यो । अन्य व्यक्तिहरुलाई झैँ एक मिनेट कुरा गर्न दिइयो ।

    स्रोतका अनुसार भेटका क्रममा खाँणले आफूलाई देशी, विदेशी शक्तिले चलखेल गरेर षडयन्त्रपूर्वक तरिकाले फसाएको दाबी गरे । उनले प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै अदालतबाट न्याय पाउने बताए ।

    विश्वकर्मासहित भेट्न गएकाहरूले ‘बसाइ र खाना कस्तो छ ? बाहिरबाट ल्याउनु पर्छ कि’ भन्दै प्रश्न गरे । खाँणले ‘अरु सबै ठिक भएको’ बताए । त्यति कुरा हुँदा प्रहरीले भेट्ने समय सकिएको संकेत गरे । खाँणलाई प्रहरीले २७ वैशाखमा पक्राउ गरेको थियो ।

    उनी गृहमन्त्री हुँदा सचिव रहेका टेकनारायण पाण्डेको बयानका आधारमा उनलाई प्रहरीले घरबाट पक्राउ गरेको थियो । खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै मोटो रकम असूली गर्नेहरु १६ जना पक्राउ परिसकेका छन् ।

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer