काठमाडौं ।फरार वा हराइएका सांसदहरु संसदमा देखिने चलन हाम्रा लागी सामान्य भईसकेको छ । आज पनि यस्तै देखियो संसदमा । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको दायराभित्र रहेकी मञ्जु खाण संसदमा देखिएकी छिन् । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेपनि श्रीमती मञ्जु खाँण भने संसदमा देखिएकी हुन् । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएपछि पति बालकृष्ण खाणलाई समेत भेट्न नगई गुमनाम रहेकी उनी आज भने संसदको संयुक्त बैठकमा देखिएकी छिन् ।
पूर्व गृहमन्त्री एवं उनका श्रीमान् बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन् । उनी भने फरार जस्तै रहेकी थिइन । कतिपय आरोपीहरुले मञ्जु खाँणको नाम लिएपनि प्रहरीले उनलाई पक्राउ गरेको छैन । केही दिनअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम शरणार्थी प्रकरणमा जोडिएको छ । प्रहरीले उनलाई सम्पर्क गर्न प्रयास गरे पनि उनी फेला परेकी थिइनन् ।




