• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • २. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आश्चर्यजनक मौनतामा देउवा


  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । सार्वजनिक चासो र मुद्दाका बिषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कमै बोल्ने गर्छन्, चाहे त्यो नागरिकता प्रकरण होस् वा भ्रष्टचारका ठुला-ठुला काण्ड । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक यतिविघ्न तरंगित हुँदा समेत कांग्रेस सभापति शेरबहादुर देउवा ‘आश्चर्यजनक मौनता’मा छन् । कांग्रेस पार्टीपङ्ति तथा आम नागरिक पनि पूर्व प्रधानमन्त्री देउवालाई कम बोल्ने नेताकै रूपमा बुझ्छन् । कतिपयको विश्लेषणमा उनको यो मौनताले झन् धेरै कुरा भनिरहेको छ ।

    Advertisement

    सार्वजनिक चासो र मुद्दामा हुने उनको मौनताले उनी नबोले पनि झन् धेरै कुरा भनिरहेको छ । हुन पनि नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक तरंगित हुँदा कांग्रेस सभापति देउवा भने ‘आश्चर्यजनक मौनता’ मा छन् । कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेर अनुसन्धानमा तानिंदा समेत देउवाले आफ्नो धारणा बाहिर ल्याएका छैनन् । सभापति देउवाले नक्कली शरणार्थी प्रकरणमा मुख नखोलेको प्रति पार्टीभित्रै आवाज समेत उठेको छ ।

    अघिल्लो बुधबार बसेको शीर्ष नेताको बैठकमा महामन्त्री गगन थापाले सभापति मौन रहन नहुने सुझाव दिएका थिए । उनले भनेका थिए, ‘पार्टीले हस्तक्षेप गर्दैन, जघन्य अपराधमा संलग्न जो-सुकैलाई छोड्नु हुन्न भनेर सभापतिले बाहिर बोल्नुस् ।’ सभापति देउवाले त्यसलाई गम्भीरतापूर्वक लिएनन् । औपचारिक धारणा ल्याउन पार्टी भित्रैबाट दबाब भए पनि उनी अहिलेसम्म बोल्न तयार देखिंदैनन् । सभापति नै मौन रहेपछि संस्थागत दृष्टिकोण बाहिर आउनुपर्ने आवाज पार्टीभित्र उठिरहेको छ । तर देउवाले न मौनता तोडेका छन्, न यसबारे धारणा तय गर्न पार्टीको औपचारिक बैठक नै बोलाएका छन् ।

    देउवाको मौनताबारे सोधिएको प्रश्नमा प्रवक्ता महत भन्छन्, ‘सभापतिको धेरै बोल्ने बानी छैन । स्वतन्त्र र निष्पक्ष अनुसन्धानको पक्षमा छौं भनिरहनुभएको छ।’ दुई दिनअघि पत्रकार सम्मेलन गरेर प्रवक्ता महतले पार्टी नेताहरूको प्रतिरक्षा गरे। खाँणलाई पार्टीको भूमिकाबाट निलम्बन नगर्ने नीतिको बचाउ गरे । अघिल्लो बुधबार र बिहीबार देउवाले शीर्ष तहका नेतालाई छलफलका लागि बोलाएका थिए । यो बैठक नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको आधिकारिक धारणा तय गर्न बोलाइएको भने थिएन । भ्रातृ संगठनहरूको पूर्णता लगायत विषयमा परामर्श लिन बैठक डाकेका थिए । तर दुवै दिन पूर्व गृहमन्त्री खाँणलाई निलम्बन गर्ने/नगर्ने विषयमा छलफल भयो । अब कार्यसम्पादन र केन्द्रीय समितिको बैठक बोलाएर नक्कली शरणार्थी प्रकरणमा संस्थागत निर्णय गर्ने मनस्थितिमा देउवा नरहेको नेताहरू दाबी गर्छन् । ‘परामर्श लिन पदाधिकारीको दुई दिन बैठक बोलाउनुभयो । पदाधिकारी बैठकको व्यवस्था विधानमा छैन’ एक पदाधिकारी भन्छन्, ‘कार्यसम्पादन वा केन्द्रीय समिति बैठक बोलाएर औपचारिक निर्णय गर्ने सोच सभापतिमा छैन । सिंगो प्रकरणमा आफ्नो धारणा नराखेका देउवा खाँणलाई निलम्बन नगर्ने पक्षमा भने दृढ देखिएका छन् । किनकि सभापति देउवाको चासो सिंगो प्रकरण भन्दा पनि आफ्ना नेताहरूप्रति छ भन्छन्, कांग्रेस नेताहरू ।

    कांग्रेस विधान अनुसार २/२ महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था छ । केन्द्रीय समितिको बैठक बस्न नसकेको ९ महिना पुगेको छ । उपनिर्वाचन, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिकै बैठक बस्नुपर्ने माग नेताहरूले गरिरहेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्व गृहमन्त्री खाँण २७ वैशाखमा पक्राउ परेका थिए । खाँण स्वयंले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा नगरे पार्टीले निलम्बन गर्नुपर्ने पक्षमा महामन्त्री थापा छन् । भन्छन्, ‘गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ, अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ ।’

    पार्टीको बैठक विधानसंगत तरिकाले बस्न नसक्दा संस्थागत निर्णय आउन नसकेको बताउँछन् कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर । ‘केन्द्रीय समिति बैठक बसेर विधिसम्मत निर्णय गर्नुपर्छ । यो प्रकरण सहित अरू अरू विषयमा पनि छलफल गर्न बैठक बोलाउनुपर्दछ’, केन्द्रीय सदस्य महर भन्छन् । संसद र सत्ता गठबन्धनकै सबभन्दा ठूलो दलका सभापति देउवाले मुख नखोले पनि अन्य दलबाट भने प्रतिक्रिया आइरहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक यस प्रकरणमा बोलिरहेका छन् । सिंगो प्रकरणमा आफ्नो धारणा नराखेका देउवा खाँणलाई निलम्बन नगर्ने पक्षमा भने दृढ देखिएका छन् । किनकि सभापति देउवाको चासो सिंगो प्रकरण भन्दा पनि आफ्ना नेताहरूप्रति छ भन्छन्, कांग्रेस नेताहरू ।

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer