• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सल्यानमा लगातार पाँच दिनदेखि डढेलो


  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
  • सल्यान । सल्लै-सल्लाको जिल्ला सल्यानमा लगातार पाँच दिनदेखि डढेलो लागेको छ । शारदा नगरपालिका ११ खैराबाङ्ग आसपासका आठ सामुदायिक वनमा लगातार पाँच दिनदेखि डढेलो लागेको छ । लगातार पाँच दिनदेखि डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

    Advertisement

    भिरालो क्षेत्र बढी भएकाले आगो निभाउन जान नसकेका र दैनिक चल्ने हुरिबतासका कारण अग्नि नियन्त्रकको टिम र उपभोक्ता डढेलो लागेको स्थानमा पुग्न नसक्दा वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो ।
    डढेलोका कारण केही बस्तीसमेत जोखिममा परेका छन् । बस्ती जोखिममा परेपछि अहिले स्थानीय वन समूहमा आबद्ध उपभोक्ता डढेलो नियन्त्रणमा लिनेभन्दा बस्ती जोगाउनमा सीमित रहेका छन् ।

    खैराबाङ्गको पल्लोपट्टी पर्ने फूलबारी सामुदायिक वनमा लागेको डढेलो बढ्दै जाँदा जानकी, भुवनेश्वरी, भुइयाँदेवी, सरस्वती, चण्डेश्वरी, पातेश्वरी, मुना सामुदायिक वनको ३ सय ६० हेक्टर वन जलेको र त्यहाँ रहेका सयौं साना बिरुवा जलेर नष्ट भएका शारदा सबडिभिजन वन कार्यालय खलंगा सल्यानकी सहायक वन अधिकृत गंगा त्रिपाठीले बताइन् । उनका अनुसार वन डिभिजन कार्यालयबाट अग्नि नियन्त्रणको टोलीसहित र उपभोक्ता डढेलो लागेको स्थानमा खटिए पनि हुरी चलेकाले आगोको लप्कोले मान्छे जल्ने खतरा बढेपछि निभाउन सकिएको छैन । अहिले बस्ती जोगाउने काम गरिएको छ ।

    डढेलो लागेको स्थानमा लगातार तीन दिनदेखि अग्नि नियन्त्रक र स्थानीय उपभोक्तासहित खटिएका डिभिजन वन कार्यालय सल्यानका वन प्राविधिक तेजबहादुर शाहीले हुरी चलेकै कारण कसैले आट गर्न नसक्दा डढेलो नियन्त्रणमा लिन नसकिएको बताए । उनले अग्नि नियन्त्रक भए पनि पर्याप्त सामग्रीको अभावका कारण समस्या भएको उनले जानकारी दिए ।

    ‘हावा चलिरहेको छ । अहिले कसैले आगो निभाउने आँट गर्न सकेका छैनन् । आगोको लप्को टाढाटाढासम्म आउने गर्दा उल्टै निभाउन जाने मान्छे जल्ने डर छ,’ उनले भने, ‘उपकरण तथा दमकल नभए पनि चण्डेश्वरी सामुदायिक वनभित्र रहेको बस्तीको ५/६ घर बचाएका सफल भएका छौं ।’ सल्यानका सल्लेरी वनमा प्रत्येक वर्ष भीषण डढेलो लाग्ने र वनभित्रका बस्ती उच्च जोखिममा पर्दै आएकाले दमकल अति आवश्यक रहेको उनको भनाइ छ ।

    वनमा डढेलो नलगाउन बारम्बार विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्दै आए पनि कुनै पनि फाइदा नभएको र स्थानीय उपभोक्ताले नै सल्लाको कुसुम चिप्लो हुँदा गोरेटो बाटो आउजाउ गर्न गाह्रो हुने र बस्तुभाउले खाने घाँस पलाउन नपाउने भएकै कारण वनमा डढेलो लगाउने गरेको उनको भनाइ छ ।

    यता भुवनेश्वरी सामुदायिक वनका अध्यक्ष शेरबहादुर खत्रीले डढेलो लागेको स्थानमा सजिलै जान नसक्ने भएकाले डढेलो निभाउन गाह्रो भएको बताएका छन् । उनले वनमा लागेको डढेलो निभाउन दैनिक १५/१६ जना खटिँदै आएको जानकारी गराए । उनले वनमा लागेको डढेलो नियन्त्रणमा ल्याउन दमकल अति आवश्यक रहेको र पालिकाले दमकल खरिदमा जोड दिनुपर्ने माग राखे । वनमा लागेको डढेलाबाट बस्ती भने बचाउन सकिएको उनको भनाइ छ ।

    चण्डेश्वरी सामुदायिक वनका अध्यक्ष कर्णबहादुर बुढाथोकीले उपकरणबिना स्थानीय उपभोक्ताको भरमा मात्र वनमा लागेको डढेलो नियन्त्रणमा लिन नसकिने बताएका छन् । विगतमा डढेलो नियन्त्रण गर्न जाने क्रममा खैराबाङ्ग आसपासका क्षेत्रमा दुई–तीन जनाले ज्यान गुमाइसकेकाले हत्तपत्त कोही अगाडि नसर्ने उनले जानकारी गराए ।

    एक महिनाको अवधिमा जिल्लाभरिका झन्डै सय सामुदायिक वनमा डढेलो लागिसकेको छ । डढेलोका कारण झन्डै ६ हजार हेक्टर वन सखाप भइसकेको छ । डढेलो निभाउने क्रममा यस आर्थिक वर्षमा एक जनाले ज्यान गुमाइसकेका छन् ।

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer