• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नदी किनारमा ‘सि बीच’ को झझल्को


  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
  • चितवन ।  बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको देख्नुभएका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो ।

    Advertisement

    उहाँले यही ‘सि बीच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आउनुभएको छ । पर्यटन क्षेत्रमा चार दशक पार गर्नुभएका उहाँ पछिल्लो समय नदी तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधारमा जुट्नुभएको हो । उहाँले सिन्धुपाल्चोकको सुकुटे, गोरखाको बुटार र नवलपुरको गैँडाकोटमा नदी किनारमा रिसोर्ट सञ्चालन गर्नुभएको छ । सँगै र्याफ्टिङ, डुङ्गालगायतका जलक्रिडाका गतिविधिमा उहाँको लगानी छ ।

    र्याफ्टिङ र ट्रेकिङमा राम्रो दख्खल हासिल गर्नुभएका पर्यटन व्यवसायी थापाले नेपालका १८ नदीमा र्याफ्टिङ चलाउनु भएको छ । त्यसो त अमेरिका, नर्वे, आइसल्याण्ड, भारत र पाकिस्तानमा ‘र्याफ्टिङ’ चलाएको अनुभव उहाँसंग छ ।

    सोलुखुम्बुमा जन्मिएर त्यही प्रवेशिका परीक्षा उत्तीर्णपछि काठमाडौँमा सरस्वती क्याम्पस पढ्दै गर्दा यो पेसामा उहाँ लाग्नुभएको हो । उहाँले भन्नुभयो, “चार वर्ष जागिर खाएपछि म र्याफ्टिङतर्फ आकर्षित भए ।” सुरुआती समयमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटलमा र्याफ्टिङमै उहाँले जागिर खानुभयो । यही क्रममा सिलसिलामा उहाँ तालिमका लागि अमेरिका पुग्नुभयो । अमेरिकाको तालिमसँगै विभिन्न देशमा उहाँले र्याफ्टिङमा जागिर खानु भयो । यही क्रममा भारतमा र्याफ्टिङको सुरुआत आफैँले गराएको उहाँको दाबी छ । उहाँले भन्नुभयो “भारतमा सुरुआत गर्ने मै हो । नेपालमा हामीले र्याफ्टिङ, ट्रेकिङ कम्पनी खोलेर नै काम गर्यौँ ।”

    नेपाल फर्किएर उहाँले विसं २०५१ मा सिन्धुपाल्चोकमा सुकुटेबीच रिसोर्ट सञ्चालनमा ल्याउनुभयो । जग्गा किनेसँगै क्याम्पिङ टेण्टमा विदेशी पर्यटक राखेर सुरु गरेको सुकुटे अहिले सुविधा सम्पन्न रिसोर्ट बनेको छ । शुक्रबार साँझ सुकुटेबीच पुग्नुभएका गैँडाकोटका पत्रका गोविन्द घिमिरेले भन्नुभयो, “मलाई त विदेशको कुनै देश पुगेकोजस्तो अनुभव भयो । ” साँझदेखि रातभर खोलाको किनारमा तन्नेरीदेखि बूढाबूढीसम्म रमाएको उहाँले सुनाउनुभयो ।

    थापा र्याफ्टिङ एसोसिएसन र ट्रेकिङ एसोसिएसनको विभिन्न पद हुँदै अध्यक्ष भएकाले विदेशी पर्यटक उहाँको सम्पर्कमा आएकै कारण सुकुटेले छोटो समयमा राम्रो ख्याती कमायो । सिन्धुपाल्चोकको साङ्गाचोक गढी नगरपालिका–९ मा सुकुटेबीच एभेन्चर रिसोर्ट छ ।

    माथिल्लो सुनकोशी नदीको किनारमा त्यहाँ आउने पाहुना रमाउने गर्दछन् । मध्यरातसम्म नदी किनारमा रमाउने पाहुना कोही कोठामा त कोही क्याम्पिङ टेण्टमा सुत्ने गर्दछन् । थापाले भन्नुभयो, “एक रातमा पाँच सय जनासम्म हाम्रो रिसोर्टमा अट्छन् ।” प्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थ कर्मचारीको रोजाइ पर्न आफ्नो रिसोर्ट सफल भएकोमा थापालाई गर्व छ ।

    उहाँको दोस्रो रिसोर्ट गोरखाको बुटारमा गोरखाबीच रहेको छ । त्रिशूली नदी किनारमा तीन सय जना क्षमताको रिसोर्ट रहेको उहाँ बताउनुहुन्छ । यस्तै हालै मात्र गैँडाकोट नगरपालिका–५ कुसुमघाटस्थित नारायणी नदी किनारमा उहाँको तेस्रो रिसोर्ट ‘नारायणीबीच एडभेन्चर रिसोर्ट’ रहेको छ । सुकुटेमा २० र गोरखामा १० र्याफ्टिङ डुङ्गा छन् । गैँडाकोटमा तीन मोटरबोट रहेको उहाँले जानकारी दिनुभयो ।

    माथिल्लो सुनकोशी, त्रिशूली र नारायणी नदी किनारमा पर्यटकलाई मनोरञ्जन दिँदै आउनुभएका थापा कास्कीको माथिल्लो सेती नदी किनारमा नयाँ रिसोर्ट निर्माणको योजनामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “नदी किनारलाई उपयोग गर्न सकियो भने बर्सेनि विदेश जाने नेपाली पर्यटकले यही खर्च गर्छन् ।”

    बर्सेनि रु तीन चार अर्ब विदेश घुम्नेले खर्च गरेको भन्दै उहाँले नेपालका नदी किनारलाई अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विदेशी पर्यटक ल्याउने हो, नेपालीलाई यही रोक्ने हो ।” विदेशका सामुद्रिक किनारमा पाइने सबै सुविधा यही दिन सकिने थापाको भनाइ छ । उहाँका तीनवटै रिसोटमा पुग्दा विदेश गएकोजस्तै झल्को आउने गर्छ ।

    सरकारले सडक, विद्युत्, खानेपानीजस्ता पूर्वाधारमा लगानी गरे पुग्ने भन्दै उहाँले व्यवसायीले नै पर्यटन पूर्वाधारमा लगानी गर्ने बताउनुभयो ।-रासस

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer