काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज ४ वटा प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना देखाएको छ । विभागका अनुसार कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी र मधेश प्रदेशका तराईमा हावाहुरीको सम्भावना देखिएको छ ।
आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने सम्भावना छ । यस्तै, कोशी, मधेश, वागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका तराईमा हावाहुरीको समेत सम्भावना छ ।
आज राति देशभरको पहाडमा आंशिक बदली तथा बाँकी इलाकामा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।हिजो राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षा भएको थियो ।





