प्यूठान । सुख्खा र हावा हुरीको मौंसम छ । यतिबेलालाई आगलागी र डडेलोको मौंसम भनिन्छ । दिन-दिनै डडेलोले जंगल सखाप पारेको र आगलागीले घर-गोठ जलाएको घटना सुनिन्छ । यस्तै घटना भएको छ, प्यूठानको स्वर्गद्वारीमा । प्यूठानको स्वर्गद्वारी नगरपालिका-२ धनवाङमा आगलागीले ११ घर जलेर नष्ट भएका छन् । आइतबार राति धाइरेनी सामुदायिक वनको डढेलो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । स्वर्गद्वारीको पाटिखर्कमा जगंलको आगो निभाउँदा ३ जना घाइते भएको स्वर्गद्वारी नगरपालिका-५ का वडा अध्यक्ष गिरबहादुर घर्तीले बताए । जगंलको डढेलो बस्तीमा पस्दा घर र गोठ जलेका हुन् । स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताए ।
Advertisement





