काठमाडौं । देशमा स्थानीय र पश्चिमी वायुको प्रभावले विहानैदेखि बदली भएको छ । देशका धेरैजसो ठाउँमा मौसम बदली भइरहेकोमा पश्चिमका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । मौमस पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
Advertisement
अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको न्यूनचापीय प्रणाली बिस्तारै पूर्वतर्फ सरिरहेको छ । दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।
बाग्मती र कोशी प्रदेशका एक दुई ठाउँमा दिउँसो ठूलो वर्षाको अनुमान रहेको छ । तराईमा पनि धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा तीव्र हावाहुरी चल्ने महाशाखाले जनाएको छ ।





