☰
मङ्गलबार, कार्तिक ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अनुसन्धान गर्दै जाँदा अन्य नेताहरु पनि मुछिने: मञ्जु खाँण


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । कांग्रेस नेत्री एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मन्जु खाँणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेकी छन् । मञ्जुले देउवा निवास धुम्बाराही पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पति बालकृष्ण खाँण पक्राउ परेको बारे चिन्ता व्यक्त गरेकी हुन् ।

    Advertisement

    मञ्जु मंगलबार बिहान १० बजेतिर देउवा निवास पुगेकी स्रोतले जानकारी दिएको छ । भेटमा मञ्जु खाँणले देउवासँग असन्तुष्टि पोखेकी थिइन् ।

    उक्त प्रकरणमा आफ्नो श्रीमानको मात्रै गल्ती नभएको भन्दै सुदूरपश्चिमका देवी देवताको नाम मञ्जुले लिएकी स्रोतको भनाइ छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना श्रीमान बालकृष्ण खाँणलाई मात्रै फसाइएको र सो कुरा भगवानले देख्ने भन्दै देउवासँगको भेटपछि असन्तुष्टि पोख्दै मञ्जु बाहिरिएकी स्रोतले बताएको छ ।

    आफ्नो श्रीमानलाई फसाइएको तर अनुसन्धान गर्दै जाँदा अन्य नेताहरु उक्त प्रकरणमा मुछिने मञ्जुको भनाइ थियो ।

    जवाफमा देउवाले बालकृष्ण खाँणबारे चिन्ता नलिन भनेका थिए । ‘तपाईँहरु धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन, बिना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र?’ देउवाले मञ्जुलाई यसो भन्दै सम्झाउने प्रयास गरेका थिए ।

    स्रोतका अनुसार मञ्जु देउवासामु निकै आक्रोशित रुपमा प्रस्तुत भएकी थिइन् भने देउवाले उनलाई सम्झाउने प्रयास गरेका थिए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेका खाँणविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित ठगी र राज्यविरुद्धको कसुर अभियोग लगाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।

    देउवाले भने ‘खाँणजी पैसामा बिक्ने खालको मान्छे होइन । उहाँ राष्ट्र र राष्ट्रियताप्रति एकदमै प्रतिवद्ध मान्छे हो’ भनेर मञ्जुलाई आश्वस्त पार्ने प्रयास गरेको स्रोतले बताएको छ ।

    नेत्री खाँणसँगको भेटपछि सभापति देउवाले मंगलबार दिउँसो पार्टीका नेता कार्यकर्ताहरुसँग छलफल गरेका थिए । उक्त भेटमा पनि बालकृष्ण खाँण पैसा खाने मान्छे नभएको देउवाले बताएको स्रोतको भनाइ छ ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer