• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ३०, २०८३
☰
मङ्गलबार, असार ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अनुसन्धान गर्दै जाँदा अन्य नेताहरु पनि मुछिने: मञ्जु खाँण


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । कांग्रेस नेत्री एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मन्जु खाँणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेकी छन् । मञ्जुले देउवा निवास धुम्बाराही पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पति बालकृष्ण खाँण पक्राउ परेको बारे चिन्ता व्यक्त गरेकी हुन् ।

    Advertisement

    मञ्जु मंगलबार बिहान १० बजेतिर देउवा निवास पुगेकी स्रोतले जानकारी दिएको छ । भेटमा मञ्जु खाँणले देउवासँग असन्तुष्टि पोखेकी थिइन् ।

    उक्त प्रकरणमा आफ्नो श्रीमानको मात्रै गल्ती नभएको भन्दै सुदूरपश्चिमका देवी देवताको नाम मञ्जुले लिएकी स्रोतको भनाइ छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना श्रीमान बालकृष्ण खाँणलाई मात्रै फसाइएको र सो कुरा भगवानले देख्ने भन्दै देउवासँगको भेटपछि असन्तुष्टि पोख्दै मञ्जु बाहिरिएकी स्रोतले बताएको छ ।

    आफ्नो श्रीमानलाई फसाइएको तर अनुसन्धान गर्दै जाँदा अन्य नेताहरु उक्त प्रकरणमा मुछिने मञ्जुको भनाइ थियो ।

    जवाफमा देउवाले बालकृष्ण खाँणबारे चिन्ता नलिन भनेका थिए । ‘तपाईँहरु धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन, बिना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र?’ देउवाले मञ्जुलाई यसो भन्दै सम्झाउने प्रयास गरेका थिए ।

    स्रोतका अनुसार मञ्जु देउवासामु निकै आक्रोशित रुपमा प्रस्तुत भएकी थिइन् भने देउवाले उनलाई सम्झाउने प्रयास गरेका थिए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेका खाँणविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित ठगी र राज्यविरुद्धको कसुर अभियोग लगाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।

    देउवाले भने ‘खाँणजी पैसामा बिक्ने खालको मान्छे होइन । उहाँ राष्ट्र र राष्ट्रियताप्रति एकदमै प्रतिवद्ध मान्छे हो’ भनेर मञ्जुलाई आश्वस्त पार्ने प्रयास गरेको स्रोतले बताएको छ ।

    नेत्री खाँणसँगको भेटपछि सभापति देउवाले मंगलबार दिउँसो पार्टीका नेता कार्यकर्ताहरुसँग छलफल गरेका थिए । उक्त भेटमा पनि बालकृष्ण खाँण पैसा खाने मान्छे नभएको देउवाले बताएको स्रोतको भनाइ छ ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer