• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

गृहसचिव पाण्डे सचिव र दुलाल बिचको भाइवर सन्देश, महानिरीक्षककै भूमिका पनि शंकास्पद


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद देखिएको छ । कुँवरको गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको अनुसन्धानका क्रममा भेटिएका विवरणबाट देखिन गएको हो ।

    Advertisement

    प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको छ । जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएको खुलेको छ ।

    भेटका लागि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले सहजीकरण समेत गरिदिएको स्रोतबाट अनलाइनखबरलाई प्राप्त म्यासेजको विवरणमा देखिन्छ । त्यस अनुसार शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालले १० असार २०७९ मा पाण्डेलाई म्यासेज पठाएका छन्, ‘सर नमस्ते, डीआईजी वसन्त कुँवरसँग कुरा भयो हजुर ?’ त्यसपछि पाण्डेले ‘१२ बजेपछि जानु न’ भन्ने जवाफ फर्काएका छन् ।

    ‘ओके हजुर’ भनेर सन्देश पठाएको केही समयपछि सचिव पाण्डेले फेरि अर्को म्यासेज पठाएका छन्, ‘पठाउनु, कुरा भएको छ ।’ यही म्यासेजमा ‘वसन्त सरलाई पनि फाइनान्सियल सपोर्ट हुन्छ भन्दा हुन्छ हजुर’ भनेका छन् ।

    जवाफमा गृहसचिव पाण्डेले ‘हुन्छ’ भनेका छन् ।

    यसको ३ दिनपछि केही खबर नआएको भन्दै दुलालले कुँवरको नम्बर मागेका छन् । त्यसक्रममा अर्का आरोपी सानु भण्डारीलाई फोन गर्न लगाउने भनेका छन् ।

    त्यसपछि वसन्त सा’बलाई सानु भण्डारीले भेट्ने भन्दै उनले सन्देश पठाएका छन् । १३ असारमा दुलालले सानु भण्डारीले हालका आईजीपी कुँवरलाई भेटेको बताएका छन् ।

    ‘आईजीपी सा’ब (त्यसबेला धिरजप्रताप सिंह आईजीपी थिए) सा’बले वसन्त सा’बलाई सन्देश शर्मालाई पक्राउ नगरी इन्द्रजितलाई केही नगर्नु भन्नु भएको छ रे’, दुलालले भनेका छन् ।

    त्यसबेला अनुसन्धानका क्रममा पक्राउ पूर्जी जारी भएका विषयहरु पनि गिरोहका सदस्यसम्म पुग्ने गरेको म्यासेज विवरणबाट देखिन्छ ।

    अदालतबाट पक्राउ पूर्जी जारी भएका आरोपीलाई छाडेका थिए कुँवरले

    हाल प्रहरी महानिरीक्षक रहेका कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको प्रमुख छँदा १८ जेठ २०७९ मा यो प्रकरणबारे पहिलो पटक उजुरी परेको थियो ।

    गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग सम्पर्क रहेको व्यहोरासहित जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

    त्यही दिन जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी लिएर पक्राउ गरिएका उनीहरुलाई तत्कालीन कार्यालय प्रमुख कुँवरले केही घन्टामै गृह मन्त्रालयको दबाबमा छाडेको खुलेको छ । उनीहरुलाई छाडेर कार्यालयको अभिलेखबाट समेत सबै विवरण मेटाएको भेटिएको छ ।

    उनीहरु पक्राउ परेर नियन्त्रणमा रहे त्यसबाट गृह मन्त्रालयसम्मको नेक्सस खुल्ने भएपछि कुँवरमार्फत उनीहरुलाई छाड्न दबाब दिइएको थियो ।

    ‘त्यसबेला त उनीहरुलाई प्रहरीले छाड्यो छाड्यो, पछिसम्म पनि कुँवर सा’ब गिरोहका सदस्यसँग नियमित सम्पर्कमा रहेको तथ्य फेला परेको छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘कतिसम्म भने कुँवर सा’बले यो प्रकरणको फाइल नै केही समयसम्म लुकाएको समेत पाइएको छ ।’

    स्रोतका अनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डे समेत मुछिएपछि उनले यो प्रकरणको अनुसन्धान गरिरहेको पिलरबाट फाइल नै आफ्नो कार्यकक्षमा झिकाएका थिए । त्यसपछि लामो समयसम्म अनुसन्धान प्रतिवेदन घर्रामा थन्काएको अधिकृतहरु बताउँछन् ।

    ‘त्यसपछि पनि उहाँले अनुसन्धानको सम्पूर्ण फाइल आफूसँगै लैजानु भएको थियो, यहाँबाट एक जना एसपी सा’ब घरमै पुगेर फाइल माग्नु परेको थियो’, यसबारे जानकार उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृत भन्छन्, ‘कार्यालयका एसपी सा’बसँग त्यसबेला चर्काचर्की नै भएको थियो । भनाभन भएपछि भोलिपल्ट फाइल छुटेको भन्दै उनले लिन पठाइदिनू भन्ने खबर पठाएका थिए ।’

    त्यसपछि कार्यालयका एक जना प्रहरी निरीक्षक कुँवरको घर पुगेर प्रकरणको अनुसन्धान प्रतिवेदन फर्काएका थिए ।

    एसएसपीका रुपमा १३ औं नम्बर वरियतामा रहेका कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयमै रहँदा १ नम्बरमा उक्लिएका थिए । त्यसबेला वरियतामा उनी स्वात्तै अगाडि आउनु पछाडि हाल पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हात रहेको अधिकृतहरु बताउँछन् । यसकै गुन तिर्न उनले महत्वपूर्ण सूचनाहरु उनीसम्म चुहाएको गृह मन्त्रालय स्रोतको पनि दाबी छ ।

    पछि कुँवर एक नम्बर एआईजी हुँदै १० चैत २०७९ मा महानिरीक्षक नियुक्त भए । उनलाई आईजीपी बनाउन कांग्रेस नेताहरुले त्यसबेला धुम्बाराहीस्थित देउवा निवासमा धर्ना नै दिएका थिए ।

    अनि, खुल्यो बन्द भइसकेको फाइल

    उपत्यका अपराध अनुसन्धान कार्यालयमा कुँवरपछि जनक भट्टराई कार्यालय प्रमुख हुँदा यो प्रकरणको अनुसन्धानमा चासो देखाएका थिएनन् । भट्टराईपछि एसएसपी डा. मनोज केसी कार्यालयको नेतृत्वमा आए । त्यसपछि फेरि यो प्रकरणको अनुसन्धान अघि बढेको थियो ।

    तत्कालीन आईजीपी सिंह बाहिरिएर कुँवरले पदवहाली गरिनसकेको अवस्थामा केसी नेतृत्वको उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङका केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई समातेको थियो ।

    उनीहरुलाई पक्राउ गरेपछि सुरुवाती बयानमै पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई लगायतका नाम लिएका थिए । त्यसबारे छनक पाएपछि खाँणले आईजीपी कुँवरसहित जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की लगायतसँग पटकपटक छलफल गरेको स्रोतको दाबी छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको समेत नाम आएपछि एमाले वृत्तबाट पनि बयान सच्याउन दबाब आएको थियो । त्यतिबेला ठगीमा मात्र मुद्दा चलाएर घटना सामसुम पार्न खोजिएको थियो ।

    तर, चार जनालाई मात्र प्रतिवादी बनाएर ठगीमा मुद्दा अघि बढाउन लागेका बेला उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीले थप १० जनाले किटानी जाहेरी दिएको भन्दै प्रेस विज्ञप्ति जारी गराए ।

    सामान्यतयाः प्रहरीले जाहेरी दर्ता भएको जानकारी विज्ञप्ति जारी गरेर दिँदैनथ्यो । तर, अधिकृतहरुका अनुसार डा. केसीले जिल्ला प्रहरी परिसर, काठमाडौंमार्फत सरकारी वकिलसमक्ष अनुसन्धान प्रतिवेदन पेश हुन लागेका बेला थप जाहेरीको विवरण सार्वजनिक गराएर संगठित ठगीमा मुद्दा चल्ने गरी वातावरण तयार पारेका थिए ।

    त्यतिबेलासम्ममा केसीको टोलीले चार जना आरोपीले दोष थुपारेका दाङका सन्देश शर्मालाई समेत नियन्त्रणमा लिइसकेको थियो । कांग्रेस नेतृ सुजाता कोइरालाका परराष्ट्रमन्त्री हुँदा उनका निजी सहायक रहेका केशव दुलालले उनलाई भारततिर भाग्न भनेका थिए । तर, प्रहरीले परिवारका एक जना सदस्यलाई नियन्त्रणमा लिएर शर्मालाई नेपाल आउन बाध्य पार्ने वातावरण सिर्जना गराएको थियो ।

    ‘केस मिलाउलान् भनेको मलाई भगाएर दोष जति सबै थुपारिदिएछन्’, शर्माले एक जना पीडितसँगको संवादमा पनि भनेका छन् । उनलाई ल्याएपछि प्रकरणमा थप रहस्यहरु खुलेका हुन् । त्यसबेलासम्म पनि अनुसन्धानका सम्पूर्ण विवरण पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीसम्म पुग्ने गरेको पाइएको अधिकृतहरु बताउँछन् ।

    प्रहरी स्रोतका अनुसार अनुसन्धान संगठित अपराध मोडिएपछि खाँणको नाम जोगाउनलाई आईजीपी कुँवरले भूमिका खेलेका थिए । ‘खाँणलाई जोगाउन पूर्वसभासद् आङटावा शेर्पा परिचालित भएका थिए, उनीमार्फत सानु भण्डारी र केशव दुलाललाई भेटेर रकम फिर्ता गर्ने सहमति भएको थियो’, स्रोत भन्छ, ‘तर, सानुले विश्वास गरेनन् ।’ स्रोतका अनुसार सानुका दाइलाई रकम फिर्ता गर्ने भन्दै भेट्न बोलाइएको थियो ।

    ‘सुरुमा खाँणका सहयोगी नरेन्द्र केसीले चुच्चेपाटीको बेकरी क्याफेमा बोलाएका थिए, पछि घरमै आउनु भनेका थिए’, सानु भण्डारीका दाइले प्रहरी अधिकृतहरुसँग भनेका छन्, ‘पछि घरमा जे पनि गर्नसक्छन्, नजानु भन्ने दाइले भन्नुभएपछि म गइनँ ।’ त्यसपछि सानुले पनि बयान परिवर्तन गर्न मानेका थिएनन् ।

    अनुसन्धानका क्रममा खाँण शंकास्पद सूचीमा परिसकेका थिए । उनीमाथि प्रहरीले निगरानी र छानबिन गरिरहेको थियो । ‘तर मुद्दासँग जोडिएको एउटा पक्षसँग आईजीपी सा’ब नै निरन्तर सम्पर्क र संवादमा रहने काम भयो, आरोपीलाई सहयोग पुग्ने गरी सूचना चुहाउने काम भयो’, एक प्रहरी अधिृकत भन्छन्, ‘सूचना चुहाएकै कारण पहिले टोपबहादुर रायमाझी पनि भागेका थिए ।’

    पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले २० वैशाखमा पक्राउ पूर्जी जारी गरेको थियो । उनलाई पक्राउ गर्न प्रहरीले निगरानी बढाइसकेको थियो । तर, कुँवरसँग रायमाझीको सम्पर्क भएपछि उनी फरार भएका थिए । ‘सुरुमा आफैं आउने भन्दै उहाँले छाड्दिन भन्नुभएको थियो, पछि आउँदै आएनन्’, एक अधिकृत भन्छन् ।

    यो विषयमा गृह मन्त्रालयले कुँवरसँग पनि मौखिक स्पष्टीकरण सोधेको स्रोतको दाबी छ । त्यसपछि दबाबमा आएका कुँवरले रायमाझीको खोजीमा आफ्नै मातहत रहने विशेष ब्यूरोका अधिकृतहरुलाई परिचालित गरेका थिए । त्यही विषयलाई लिएर मन्त्रालयबाट गम्भीर प्रश्न उठेपछि उनले रायमाझीलाई ल्याउन विशेष टोली नै बनाएर खटाएका थिए ।

    ३१ चैतको राति बूढानिलकण्ठ क्षेत्रबाट रहस्यमय तरिकाले रायमाझी पक्राउ पर्दा उनी आफैं त्यहाँ पुगेको स्रोतको दाबी छ । रायमाझी पक्राउ परेपछि एउटा आरोपबाट मुक्ति पाएका कुँवर अनुसन्धानका क्रममा उनीसँग जोडिएका थप विवरणहरु फेला परेपछि फेरि समस्यामा परेका छन् ।

    आईजीपीको दाबी – समातेका कोही छुटेका थिएनन्, प्रतिशोध साँध्न खोजियो

    आइजीपी कुँवर स्वयम् चाहिँ आफूविरुद्ध प्रतिसोध साँध्न खोजिएको बताउँछन् । आफूले समातेका व्यक्ति कोही नछुटेको बरु २५/२६ दिनको दौरानमा जाहेरी दर्ता भएको उनले दाबी गरे।

    ‘पक्राउ पूर्जी जारी भएको पनि होइन, समातेको छुटेको पनि छैन’, मंगलबार राति अनलाइनखबरसँग कुँवरले भने, ‘जाहेरी दर्ता भएपछि बढुवा भएर म हिँडेको थिएँ ।’ उनले आफूलाई कसरी लाञ्छना लगाउन सकिन्छ भन्ने हिसाबले प्रायोजित विषयहरु बाहिर ल्याइएको पनि दाबी गरे ।

    प्रकरणका कोही आरोपीसँग भेट पनि नगरेको बताउँदै उनले गृहसचिवले कोहीसँग आफ्नो कुरा गर्नुलाई अन्यथा लिन नसकिने समेत बताए । ‘म अपराध महाशाखामा भएकाले मेरो नाम उच्चारण गर्नु स्वभाविक होला’, उनले थपे, ‘त्यसबाहेक अरु किसिमका कुराहरु केही छैनन् ।’

    आर्थिक सहयोग हुन्छ भन्दिउँ भन्दै दुलालले म्यासेज पठाएको सन्दर्भमा चाहिँ उनले भने, ‘पैसा खाने मान्छे हो कि होइन तपाईंले बुझ्नु भएको होला… ! अहिले मुद्दा चलाएको छु, सबै गरेको छु । क्रेडिट अरुले लिन खोजिरहेका छन् । यो संगठनभित्र विद्रोहको प्रष्ट संकेत हो ।’

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer