• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ३०, २०८३
☰
मङ्गलबार, असार ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रबि लामिछानेको अमेरिकी राहदानी त्यागेको प्रमाण भेटिएन


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधि सभा सदस्य लामिछानेले ‘अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा’ अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट झिकाउन गत चैत २२ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले आदेश दिएको थियो ।

    Advertisement

    सर्वोच्चले आदेश अनुसार कागजात पेश गर्न दुवै निकायमा चैत २७ गते पत्राचार गरेको थियो । जिल्ला प्रशासन कार्यालयले एक महीनाभन्दा लामो समयपछि जेठ ३ गते राहदानी त्याग सम्बन्धी निस्सा आफ्नो कार्यालयसँग असम्बन्धित रहेको जवाफ पठाएको छ ।

    सर्वोच्चले यही आदेश अनुसार अध्यागमन विभागसँग पनि प्रमाण पेश गर्न पत्र काटेको थियो । जेठ १ गते विभागले लामिछाने विरुद्ध परेको अघिल्लो मुद्दाको सिलसिलामै सक्कल कागजात सर्वोच्चमा पठाएको र फिर्ता नआएको जवाफ पठाएको छ । तर, सर्वोच्चले अघिल्लो मुद्दामा पेश गरिएको कागजात फागुन २५ गते नै फिर्ता पठाइएको स्मरण गराउँदै जेठ ३ गते विभागलाई पूर्व आदेश अनुसार लामिछानेले राहदानी त्यागेको प्रमाण बुझाउन भनेको छ ।

    गैरकानूनी नागरिकताका आधारमा चुनाव लडेको भन्दै लामिछानेको पद खारेजीको माग सहित सर्वोच्चमा मंसीर २८ गते पहिलो रिट परेको थियो। गत मंसीर ४ गतेको चुनावमा चितवन-३ बाट भारी मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते अवैध ठहर्‍याएपछि उनी सांसद पदबाट च्युत भएका थिए ।
    विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गराउने कानूनी प्रक्रिया नपुर्‍याउँदा लामिछाने गैरनेपाली ठहरिएका थिए । त्यसपछि उनको सांसद, मन्त्री र पार्टी सभापतिको पद खारेज भएको थियो । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता पुनः कायम गराएर उनी पार्टी सभापतिको हैसियतमा फर्किएका थिए । वैशाख १० गते भएको उपनिर्वाचनमा फेरि चुनिएर उनी सांसद पनि बने ।

    सर्वोच्चको फैसलापछि उपप्रधान तथा गृहमन्त्रीबाट हट्नासाथै लामिछाने विरुद्ध त्यसअघि नै प्रहरीमा परेको जाहेरीमा अनुसन्धान भएको थियो । झूटो विवरण पेश गरी राहदानी लिएको कसूरमा अनुसन्धान भएको थियो । तर, काठमाडौं प्रहरी परिसरले गत फागुनमा मुद्दा चलाउन नपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा पेश गर्‍यो । उक्त राय उच्च सरकारी वकीलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयबाट सदर भएको थियो ।

    महान्यायाधिवक्ताको कार्यालयको निर्णय खारेज गरेर लामिछाने विरुद्ध मुद्दा चलाउनुपर्ने माग सहित चैत २० गते युवराज पौडेलले रिट हालेका थिए । रिटमा अन्तिम फैसला नहुन्जेल लामिछानेलाई उपनिर्वाचनमा भाग लिन बन्देज लगाउन भन्दै अन्तरिम आदेश पनि मागिएको थियो । चैत २२ गते सर्वोच्चले कारण देखाउ आदेश सहित राहदानी त्यागेको निस्सा बुझाउन भने पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । तर, राहदानी त्यागेको निस्सा भने अहिलेसम्म सर्वोच्चमा पुगेको छैन । प्रहरीको अनुसन्धान प्रतिवेदनमा भने लामिछानेले लिएको नेपाली राहदानी प्रयोगमा नआएको, उनले नेपाली नागरिकता पुनः कायम गराइसकेको लगायत आधार देखाउँदै मुद्दा नचलाउने राय पेश गरेको थियो, जसलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरिदिएको हो ।

    लामिछानेको नागरिकताबारे फैसला गर्दा सर्वोच्चले राहदानी कसूरबारे कानून अनुसार अनुसन्धान हुने उल्लेख गरेको थियो । त्यसपछि नै प्रहरीले हतारहतार अनुसन्धान टुङ्ग्याए पनि कसूर स्थापित नहुने राय दिएपछि यो मामिला फेरि सर्वोच्चमा न्यायिक परीक्षणका लागि पुगेको हो ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer